डुम्रेधारापानी मिनी महोत्सव २०८१ दिनानु दिन सम्पन्न

Share to:

रासंसा/खोटाङ, पौष २६,

मुलुकमा विविध मनोरञ्जनात्मक राष्ट्रिय स्तरका प्रख्यात कलाकारहरू समेतको संलग्नता रहेको सांस्कृतिक कार्यक्रम, खेलकुद कार्यक्रमहरु, धार्मिक- सांस्कृतिक तथा ऐतिहासिक महत्त्वपूर्ण स्थानहरूको परिचय सँगै स्थानीय स्तरको धर्म, संस्कृति, रितिरिवाज, परम्परा र स्थानीय उत्पादनको प्रवर्द्धन गर्नको निमित्त अनि त्यस माटोलाई छोडेर विभिन्न स्थानमा स्थानान्तर भएका नागरिकहरूलाई मनसँग मन जोड्नको निमित्त आयोजना गरिएको ‘डुम्रेधारापानी मिनिमहोत्सव-२०८१’ आज छैठौँ दिन सफलतापूर्वक समापन भएको छ ।

यो सम्भवत पूर्वी पहाडको पहिलो महोत्सव हुनुपर्छ । खोटाङ जिल्लाको वडास्तरमा आयोजना भएको महोत्सव जिल्लाकै एक ऐतिहासिक कार्यक्रम बनेको छ। यसलाई सफल बनाउन अहोरात्र खटिनुहुने सम्पूर्ण आयोजक समिति आर्थिक-भौतिक तथा विभिन्न किसिमले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा सहआयोजकको रुपमा रहेको डुम्रेकोट सेवासमाज खोटाङ काठमाडौं हार्दिक आभार प्रकट गर्दछ । कार्यक्रमलाई सफल बनाउन भौतिक रुपमै उपस्थित भएर आफ्नो प्रस्तुति दिने कलाकारहरू सत्यकला राई, राजा राजेन्द्र पोखरेल, रामचन्द्र काफ्ले, जुनु रिजाल, यादव रिजाल (सांस्कृतिक संयोजक), धर्मराज पोखरेल, बबिना किराती, स्मिता प्रधान, परेश राई, फुर्वा तामाङ, सबिन घिमिरे, डिपी खनाल, सपना तथा निर्मला लगायत सम्पूर्ण कलाकारहरूलाई हार्दिक धन्यवाद प्रकट गर्दछौं । आफ्नो महत्त्वपूर्ण समयको बावजुद पनि महोत्सवभरि उपस्थित भएर कार्यक्रमलाई सफल बनाइदिनुहुने हाम्रो समाजसँग आबद्ध व्यक्तित्वहरू जगत घिमिरे, यादव रिजाल, सबिन घिमिरे तथा समय मिलाएर आंशिक रुपमा भएपनि उपस्थित हुनुहुने डीबी राई “शरोज”, दीपक पाण्डे, उमेश लामा, दीपक कुमार पाण्डे लगायत सम्पूर्णमा हामी आभार प्रकट गर्दछौं । समाजसँग आबद्ध दीपक खुलाल बस्नेत जसले भौतिक सहयोग स्टेज पाल उपलब्ध गराएर सहयोग गर्नुभएकोमा हामी धन्यवाद प्रकट गर्दछौं ।

काठमाडौँदेखि संस्थागत रूपमा सहयोग गर्नुहुने रावा दुवे गुरुङ सेवा समाज, ज्यामिरे सेवा समाज, रावा मगर एकता समाज (हरिबहादुर थापा) प्रति पनि हामी सधन्यवाद आभार प्रकट गर्दछौं । र, अन्त्येमा कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्नु हुने स्थानीय नागरिक प्रत्यक्ष समाचार सम्प्रेषण गर्ने मिडिया रूपाकोट खबर र पुन देशविदेशदेखि आर्थिक सहयोग गर्नुहुने सबै सबैमा नमन साथ हार्दिक धन्यवाद प्रकट गर्दै डुम्रेकोट सेवा समाज खोटाङका अध्यक्ष मदन रिजालले जानकारी दिनुभएको छ ।

Like