आज तोल ल्होसार

Share to:

रासंसा/काठमाण्डौ, पौष १६,

मुलुकमायो पर्व घर आगन लिपपोत गरी चोखो पारिन्छ र आँफु पनि नुहाएर पुजा गरिन्छ । अनि लामा पुरोहित वाट वा घरको मुलीबाट पुजापाठ गराइ गहुँको पिठो आकाशतर्फ उडाएर देवताको विजय र भुत प्रेतको हार होस भनि कामना गरिन्छ । अनि मान्यजनबाट आर्शिवाद लिँदै बाबरी रोटी, फुरौला, कन्दमुल आदि खाने पनि गरिन्छ । ३ वटा ल्होसारहरुमध्य यो प्राचिनतम ल्होसार हो । तोल ल्होसार नै अन्य ल्होसारहरुको उद्गम मानिन्छ र तोल ल्होसारको आफ्नै दर्शन र महत्व भएको पाइन्छ । तोलको अर्थ हो समय या समयको चक्र र चलायमानता । देवताको विजय र दैत्यहरुको पराजयको कामना सहित तोल ल्होसारको संस्मरणमा पनि अन्य वर्षहरु झैं पुजा अर्चना गरिन्छ । सत्य र उज्यालोको पैरवी गर्दै आजको तोल ल्होसारमा सबैलाई शुभकामना । मौसम अनि हिमाल दुबैको साथ रहोस्, सबैलाई सुख होस् । त्यसकारण यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ । नेपालका हिमाली जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ्ग र तिब्बत तथा भुटानका मानिसहरुले पौष शुक्ल प्रतिपदाको दिनमा धुमधामका साथ मनाउने गर्दछन । विशेषगरी सोनाम ल्होसार जसरी नै मनाइने यो पर्वको दिन मात्र फरक हुने गर्दछ । लोसार दुईवटा शब्द ‘लो’ ‘सार’ मिलेर बनेको छ जस्को अर्थ भोट, भुटानी, शेर्पाली, डोल्पाली, इत्यादि भाषा अनुरुप ‘लो’ को अर्थ बर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ । खासगरी यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने गरिन्छ । ल्होसारलाइ लोसार, ल्होछार पनि भन्ने गरेको पाइन्छ । विशेषगरी हिमाली क्षेत्रको समुदायले मनाउने चाडपर्व हो । हिमाली भेगमा यस वर्ष मौसमले साथ दियोस्, घामले साथ दियोस् अनि बादलहरुले साथ दिउन् । हिमालका हिँउ होस् अनि हिँउमा सबैको खुशी रहोस् । हरेक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार पर्व आज हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङलगायतका जिल्लामा मनाइँदैछ । तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ । ‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ । त्यसैले यो ल्होसारलाई समयचक्र ‘संवत्सर’ पनि भनिन्छ । तामाङ जातिले मनाउने सोनाम ल्होसारको विधिअनुसार यो पर्व मनाइन्छ । सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै भए पनि दिन भने फरक पर्छ । तामाङ जातिले आजको एक महिनापछि अर्थात् माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन् । तोल ल्होसार भुटान र तिब्बतका केही ठाउँमा अहिले पनि मनाउने गरिएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ । हिमाली क्षेत्रका मानिस आज स्नान गरी शुद्ध हुन्छन् । घर, आँगन लिपपोत गरी चोखो बनाउँछन् । लामा पुरोहित वा घरका मुख्य मान्छेबाट पूजापाठ गरिन्छ । आकाशतर्फ गहुँको पीठो फ्याँकेर देवताको विजय र भूतप्रेतको पराजयको कामना गर्ने परम्परा रही आएको छ । ठूला, बडा एवम् मान्यजनबाट आशीर्वाद लिई बाबरी रोटी, फुरौला, कन्दमूल खाने गरिन्छ । गुरुङ समुदायले हिजो तमु ल्होसार धुमधामका साथ मनाएका छन् ।

Like