गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्दै श्रद्धालु पितृभक्तहरु

Share to:

रासंसा/काठमाण्डौ, पौष १५,

मुलुकमा पौष औँसी तिथिमा गरिने तीर्थ (गया) श्राद्ध आज विभिन्न तीर्थस्थलहरूमा विधिपूर्वक गरिँदैछ। पौष कृष्ण औँसीमा पितृको सम्झनामा उत्तरगयामा गएर श्राद्ध गर्ने परम्परा छ। आज काठमाडौँको गोकर्णेश्वर उत्तरगया, तनहुँको त्रिवेणीधाम देवघाट, गुल्मीको रिडी र नुवाकोट र रसुवाको सङ्गम स्थल बेत्रावती लगायतका तीर्थस्थलमा श्राद्ध गर्ने भक्तजनको भीड लाग्ने गर्दछ। गया लगायतका तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ। वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने नियम छ। चन्द्रमास पात्रो अनुसार सूर्य दक्षिणायनको अन्तिम औँसीमा आज हिन्दु धर्मावलम्बीहरूले पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्दैछन्। पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको हो।

Like