सुदूरपश्चिमले विराटनगरलाई दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा दियो १८३ रनको लक्ष्य
रासंसा/काठमाण्डौ, मार्ग १८,
मुलुकमा कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो। सुदूरपश्चिमका लागि कप्तान ऐरीले अर्धशतकीय पाली खेले। उनले २३ बलमा अर्धशतक प्रहार गरेका थिए। २४ बल खेलेका ऐरीले ३ चौका र ५ छक्कासहित ५७ रनमा अविजित रहे।
Like