माओवादी केन्द्रकी लामिछाने नलगाडको उपप्रमुखमा विजयी
टिकाराम सिङ/जाजरकोट, मार्ग १७,
मुलुकमा जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार देवका लामिछाने शोभा विजयी भएकी छन् । उनले ४ हजार २ सय ७२ मत प्राप्त गरि विजयी भएकी हुन् । नेकपा एमालेका उम्मेदवार सुनिता बोहराले दुई हजार पाँच सय ४२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नविन कुमार कठायतले जानकारी दिए । उनका अनुसार रास्वापाका पार्वती पुनले एक सय ७९ मत, समाजवादीकी सुनिता पुन रावलले ५८ मत र राप्रपा नेपालका पवित्रा जैसीले १७ मत प्राप्त गरेकी छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार इन्द्रा चन्द सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गरिन्। एक हजार एक सय २५ मतको मतान्तरले लामिछाने विजयी भएकी हुन् । १६ हजार ४ सय ४८ मतदाता रहेको नलगाडमा १० हजार ६ सय ८ मत खसेको थियो । यस अघि यो पालिकाको उपप्रमुख नेपाली काँग्रेसले जितेको थियो । उपप्रमुख सरिता सिहको गत बर्ष भुकम्पमा परि निधन भएपछि उक्त पद रिक्त भएको थियो । उनी काँग्रेस माओवादी गठबन्धनबाट विजयी भएकी थिइन्। यसपटक दलहरु एक्लाएक्लै चुनाव लडेका थिए । नलगाडमा नगरप्रमुख पनि माओवादी केन्द्रले नै जितेको छ ।