स्थानीय तह उपनिर्वाचितको मतगणना अपडेट आउन थाल्यो नतिजा
रासंसा/काठमाण्डौ, मार्ग १६,
मुलुकमा स्थानीय तह उपनिर्वाचन अन्तरगत आइतबार सम्पन्न मतदानको मतगणना सुरु भएको छ । गोरखा नगरपालिका वडा नम्बर–५, कालीकोटको तिलागुफा नगरपलिका–४, जाजरकोटको कुशे गाउँपालिका ७ सहितका विभिन्न स्थानमा मतगणना सुरु भएको रातोपाटीका स्थानीय संवाददाताहरुले जनाएका छन् । जसअनुसार तिलागुफा नगरपालिका–४ मा मनगणना सकिएर नेमकिपाका उम्मेदवार विजयी भइसकेका छन् । उनका अनुसार आइतबार स्थानीय तह उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको छ। उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको उनको भनाइ छ। अन्य स्थानमा पनि मतगणनाका लागि तयारी भइरहेको जनाइएको छ । निर्वाचन आयोगले यसअघि मतगणना स्थलमा मतपेटिका जम्मा हुनेबित्तिकै मतगणना सुरु गर्न निर्देशन दिएको थियो । स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । पोखरेलकाअनुसार एउटा मात्रै मतदान स्थल रहेका १५ वटा वडाको वडा अध्यक्ष पदको मतगणना सम्बन्धित मतदान स्थलमा नै हुने व्यवस्था मिलाइएको छ भने अन्य स्थानमा सबै मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरी मतगणना हुनेछ। यसबाहेक नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि आइतबार मतदान भएको हो । उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ जना उम्मेदवार रहेको आयोगले जनाएको छ । उपनिर्वाचन प्रयोजनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो। यस्तै ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशस् नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी यसअघि सर्वसम्मत भइसकेका छन् भने रूकुम पूर्वी भागको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेमाओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध भएका छन् । कीर्तिपुर नगरपालिकामा आइतबार राति १० बजेदेखि मतगणना हुने भएको छ । केहीबेरअघि सम्पन्न सर्वदलीय बैठकले राति १० बजेबाट मतगणना गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत पुरूषोतम पौडेलले जानकारी दिए ।ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा भएको मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । तीन सय मत गन्दा नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङले १ सय ५३मत प्राप्त गर्दै अग्रता लिएका हुन् । दोस्रो नेपाली कांग्रेसका उम्मेदवार घनश्याम दाहालले ७० मत प्राप्त गरेका छन् । जाजरकोटको कुशे गाउँपालिका–७ मा मतगणना जारी छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको हो । सुरुवाती अग्रता बनाएका नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै माओवादीका उम्मेदवारले अग्रता कायम गरेका हुन् । यहाँ माओवादी केन्द्रले २२२ मत ल्याएको छ । यस्तै कांग्रेसले २१६, नेकपा एमालेले १५० मत ल्याएको छ । राप्रपाले ५ मत ल्याउँदा १० मत बदर भएका छन् । कोलीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जम्मा ५ मत पाएको छ । आइतबार राति प्राप्त अन्तिम मतपरिणामअनुसार रास्वपाका गगन बमले जम्मा ५ मत पाएका हुन् । सो स्थानमा नेमकिपाका खड्गराज शाहीले १४३ मतका साथ विजय हासिल गरे भने दोस्रो स्थानमा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत पाइन् । सो स्थानमा यसअघि माओवादी केन्द्रको उम्मेदवार विजयी भएकोमा अहिले नेमकिपा विजयी भएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को मत गणना राती ९ बजेदेखि गरिने भएको छ । एक वडा अध्यक्ष पदका लागि भएको मतदानको राति ९ बजेदेखि मतगणना गरिने भएको हो । उनका अनुसार पहिलो चरणमा एक स्थानमा मतगणना सुरु गरिने छ । बैठकले दुई चरणमा मतगणना गर्ने निर्णय गरेको छ । पहिलो चरणमा प्रतिभा आधारभूत विद्यालयको ३ वटा मतपेटिका र विष्णुज्योति आधारभूत विद्यालयको २ वटा मतपेटिका खोलेर मत गणना सुरु गर्ने र दोस्रो चरणमा बाँकी २/२ वटा मतपेटिका गणना गरिने बैठकले निर्णय गरेको छ । बैठकले मतगणना स्थलमा उम्मेदवार बाहेकले मोबाइल फोन नबोक्ने निर्णय गरेको छ । आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म भएको मतदानको मतगणना राति ९ बजेदेखि गर्ने निर्णय गरिएको प्रदेश निर्वाचन कार्यालय मकवानपुरका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । आइतबार साँझ बसेको सर्वदलीय बैठकले मतगणना कार्य राति ९ बजेबाट सुरु गर्ने निर्णय गरेको उनले बताए । हेटौंडास्थित सिद्धार्थ माध्यमिक विद्यालयको सवालमा मतगणना गरिने छ । जाजरकोटको कुशे गाउँपालिका–७ मा मतगणना जारी छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । ४०३ मत गणना गर्दा कांग्रेसले १६०, नेकपा माओवादीले १३८ र नेकपा एमालेले ९३ मत ल्याएका छन् । यस्तै राप्रपाले ५ मत ल्याउँदा ७ मत बदर भएका छन् । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा भएको मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । २ सय मतगणना गर्दा जसमा नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङले १ सय ७ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । त्यस्तै, दोस्रो नेपाली कांग्रेसका उम्मेदवार घनश्याम दाहालले ४६ मत प्राप्त गरेका छन् । त्यस्तै रास्वपा उम्मेदवार विष्णु प्रसाद पोखरेलले ३६ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर सुनुवारले ७ मत प्राप्त गरेका छन् । कोशी प्रदेशका विभिन्न सात जिल्लाका आठ वटा स्थानीय तहमा शान्तिपूर्ण रूपमा मतदान भएको छ । प्रदेशभित्र एक गाउँपालिका अध्यक्ष र सात वडाध्यक्ष पदका लागि निर्वाचन भएको हो । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदमा, ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कनकाई नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका–६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ साथै उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ मा वडाध्यक्ष पदका लागि निर्वाचन सम्पन्न भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मतदानका क्रममा काहीँ पनि कुनै अप्रिय घटना भएनन् । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा एमालेले सुरुवाती अग्रता कायम गरेको हो । दुई सय मतगणना गर्दा एमालेका उम्मेदवारले १०७, कांग्रेसका उम्मेदवारले ४६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३७ र माओवादी केन्द्रले ७ मत ल्याएको छ । जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसको सुरुवाती अग्रता कायम गरेको छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता कायम गरेका हुन् । दुई सय मतगणना हुँदा कांग्रेसले ७७, नेकपा माओवादी केन्द्रले ७०, नेकपा एमालेले ४८ र राप्रपाले ३ मत ल्याएको छ । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्कराज शाही निर्वाचित भएका छन् । उनी १४३ मत ल्याएर वडाध्यक्षमा विजयी भएको कालिकोटका निमित्त जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले रातोपाटीलाई जानकारी दिए । स्थानीय तह उपनिर्वाचनको मतदान कार्य आइतबार शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको छ।