मुलुकमा मृत्युदण्डको कानून अपरिहार्य, कार्यालयमै थुनेर इन्सपेक्टरले ३० लाख रुपैयाँ मागेको खुलासा
रासंसा/ललितपुर, मार्ग ११,
मुलुकमा मृत्युदण्डको कानून अपरिहार्य रहेको यो घटनाले साबित गर्ला नगर्ला तर समयमै सोचेनौ भने लगन्पछिको पोते हुने र भइरहेको यथार्थ छ नै ।ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाहीसमेतको मिलेमतोमा भएको ‘हनी ट्र्याप’ प्रकरणमा शाहीले हनी ट्र्यापमा पारिएका ललितपुरका व्यवसायी इन्द्रकुमार राईसँग लिने भनिएको ३० लाखमध्ये १५ लाख रुपैयाँ आफ्नो नाममा छुुट्ट्याएको पाइएको छ । शाहीले आफू नेतृत्वको प्रहरी प्रभागमा हिरासतमा राखी व्यापारी राईसँग ६० लाख रुपैयाँबाट सुरु गरेको रकमको बार्गेनिङ अन्तिममा ३० लाख रुपैयाँमा मिलेको थियो । तत्कालीन प्रभाग प्रमुख शाहीले बलात्कार केसमा फसाइदिने भन्दै उनलाई ३० लाख रुपैयाँ दिन बाध्य गराएकी थिइन् । त्यसपछि राईले दुईपटक गरी २० लाख रुपैयाँ गिरोहका सदस्यलाई दिएका थिए भने बाँकी १० लाख रुपैयाँ तीन महिनापछि दिनेगरी चेक दिएका थिए । प्रभागकी तत्कालीन प्रहरी निरीक्षक शाही, इटहरी निवासी योजनाकार दर्शन पोखरेल, धनकुटाको महालक्ष्मी नगरपालिका–४ खानीगाउँ स्थायी ठेगाना भई इटहरी उपमहानगरपालिका–३ पशुपति चोक बस्ने १९ वर्षीया सुष्मा विश्वकर्मा, सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरका ३२ वर्षीय ताज वा ताज मुल भन्ने तजम्मुल इस्लाम, तेह्रथुमको लालीगुराँस नगरपालिका–५ दांगपा घर भएकी २० वर्षीया भीमादेवी थापा र सुर्खेतको सिम्ता गाउँपालिका–१ का निलम्बित प्रहरी सहायक हबलदार ३२ वर्षीय महेन्द्र हमालमाथि मुद्दा दायर गरिएको हो । प्रहरीले यस घटनालाई लिएर ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । ललितपुर प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले ललितपुर जिल्ला अदालतमा आपराधिक लाभको कसुरमा मुद्दा दायर गरेको हो । उनीहरूबाट बरामद गरिएका सामग्री र खातामा भएको रकम रोक्का राखी पीडितलाई क्षतिपूर्ति भराउन पनि माग गरिएको छ । प्रतिवादीहरूबाट २० लाख रुपैयाँ क्षतिपूर्ति माग गरिएको जिल्ला अदालत ललितपुरका प्रवक्ता राम सजीवन महतोले बताए । मुद्दा दायर भएकामध्ये सुनसरीको इटहरी नगरपालिका–८ का २९ वर्षीय दर्शन पोखरेल र कालिकोटको खाँडाचक्र नगरपालिका–१ मान्म स्थायी ठेगाना भएकी तत्कालीन समयमा प्रहरी प्रभाग बुङ्मतीमा कार्यरत प्रहरी निरीक्षक शाही भने फरार छन् । तत्कालीन प्रहरी निरीक्षक शाहीमाथि आफ्नो क्षेत्राधिकार बाहिर गई मेलमिलाप गराई आर्थिक लाभ लिने तयारी गरेको आरोप छ । अन्य चार जना प्रहरी हिरासतमा छन् । यस घटनामा जोडिएका प्रहरी उपरीक्षक (एसपी) कमल थापालाई भने प्रहरीले उन्मुक्ति दिएको छ । तर, थापामाथि थप अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले निर्देशन दिएको छ । बहालवाला एसपी थापाकै पूरा ठेगाना नखुलेको भन्दै सीआईबीले उनलाई जोगाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर, उनको संलग्नता देखिएको भन्दै थप अनुसन्धान गरेर पूरक प्रतिवेदन पेस गर्न जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीलाई आइतबार निर्देशन दिइसकेको छ । मुद्दा दायर गरिएकाहरूमाथि ललितपुरका राईलाई हनी ट्र्यापमा पारी उनीसँग रकम असुलेको अभियोग लगाइएको छ । कामको सिलसिलामा इटहरी जाने–आउने क्रममा सोही स्थानमा काम गरेर बस्ने १९ वर्षीय सुष्मासँग राईको चिनजान भएको थियो । राईलाई पहिलोपटक मोरङको सुन्दर हरैंचास्थित होटल सेभेन स्टारका कर्मचारीले सुष्मासँग चिनजान गराइदिएका थिए । सुरुमा पीडित भन्दै पुगेकी उनी नै यस घटनाको मुख्य पात्र हुन् । घटनामा एसपी थापाको समेत संलग्नता देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा कार्यरत उनलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाएर प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)को छुट्टाछुट्टै टोलीले अनुसन्धान गरेको थियो । मदिराले लट्ठ भएका राईले केटी चाहियो भनेपछि होटलका कर्मचारीले पहिलोपटक एक रातको १० हजार रुपैयाँ दिनेगरी उनलाई होटेलमा बोलाएको जाहेरीमा उल्लेख छ । दोस्रोपटक भने राई आफैंले सुष्मालाई फोन सम्पर्क गरी गत १२ साउनमा इलामको कन्याम घुम्नका लागि लगेका थिए । सोही समयमा रातसमेत बसी आपसी सहमतिमै शारीरिक सम्पर्कसमेत भएको राईको जाहेरीमा उल्लेख छ । तर, यहीबीचमा अर्का पात्र ताजको ‘इन्ट्री’ भयो । प्रहरीसँग राम्रो सम्बन्ध भएका उनले प्रहरीमार्फत फोन गरेर सुष्मासँगको समस्या समाधान नगरे केस गर्ने धम्की दिए । सुष्मा गर्भवती बनेको भन्दै राईलाई निरन्तर धम्कीसमेत आउन थाल्यो । त्यसबेला भने राईले सुष्मालाई ३० हजार रुपैयाँ दिएका थिए । त्यसको एक सातापछि सुष्माले १९ साउनमा राईलाई फोन गरी थप रकम माग गरेकी थिइन् । तर, राईले थप रकम दिन अस्वीकार गरे । त्यसपछि यस घटनामा अर्का पात्र पोखरेल जोडिए । उनले राईलाई पटकपटक फोन सम्पर्क गरी रकम नदिए बलात्कारको मुद्दामा फसाइदिने धम्की दिन थाले । पटकपटक फोन र धम्की आउन थालेपछि राई ती सबै नम्बरलाई ब्लक गरी उनीहरूबाट सम्पर्कविहीन हुन थाले । यही सिलसिलामा काठमाडौंमा रहेका राईलाई सुष्मामार्फत फोन गराई भेट्न बोलाए । निरन्तरको फोन र धम्कीबाट आजित बनेका राई सुष्मालाई भेट्न गए । सुष्मासँग भेटेर खाना खाई निस्किएपछि भैंसेपाटी पुगेको अवस्थामा राईलाई प्रहरीसहितको टोलीले नियन्त्रणमा लियो र प्रहरी प्रभाग भैंसेपाटीमा लगी हिरासतमा राखियो । त्यसपछि सुरु भयो रकमको बार्गेनिङ । यस काममा बुङ्मतीकी तत्कालीन प्रहरी निरीक्षक शाही नै अगाडि सरिन् । उनले मिलापत्र नगरे जेलमा सड्ने भन्दै राईलाई धम्क्याउन थालिन् । त्यसपछि भने राई रकम दिन राजी भए । त्यसपछि राईले आफ्नो खातामा रहेको ७ लाख रुपैयाँ ताजले भनेबमोजिम भीमाकुमारी थापाको बैंक खातामा ट्रान्सफर गरे । त्यसको भोलिपल्ट नगद १३ लाख भीमाकै खातामा हालियो । बाँकी १० लाख भने तीन महिनापछि दिनेगरी चेक लिएर छाडियो । त्यहाँ ६० लाख रुपैयाँबाट रकमको बार्गेनिङ सुरु भएको थियो । अन्तिममा ३० लाख रुपैयाँमा कुरा मिल्यो । र, तत्कालीन प्रहरी निरीक्षक शाहीले रकम नदिई नछाड्ने अडान राखिन् । उनले राईको गाडी पनि आफूसँगै राखिन् । इलामबाट सुरु भएको यस घटनाको मिलापत्र बुङ्मती प्रहरीबाट भएको कुरालाई राईले सामान्य रूपमा लिन सकेनन् । यसमा भैंसेपाटी प्रहरीको भूमिका शंकास्पद रहेको ठहरमा उनी पुगे । त्यसपछि उनले यसको जानकारी ललितपुर प्रहरी परिसरलाई गराए । त्यसपछि ललितपुर प्रहरीबाट छानबिनका लागि बोलाएपछि दर्शन त्यहीँबाट भागे । अन्यलाई भने प्रहरी निरीक्षक शाहीले नै लिएर ललितपुर परिसर गइन् । यही विषयमा पछि राईले ललितपुर प्रहरीमा आपराधिक लाभको कसुरमा जाहेरी दिए । त्यसपछि ललितपुर प्रहरी परिसरले यस घटनाको छानबिनका लागि भन्दै प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीको संयोजकत्वमा समिति गठन ग¥यो । जसमा प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठ, वरिष्ठ सई लोकेन्द्र पण्डितसहितका अधिकारीहरू सदस्य थिए । ललितपुर जिल्ला परिसरमा राईले घटनाको सबै विवरण सुनाएपछि बयान लिने प्रहरी टोली राईलाई हनी ट्र्यापमा पारेर रकम असुली गरेको र आपसी सहमतिको यौन सम्बन्धलाई बलात्कार गरेको भन्ने बनाई बार्गेनिङ गरेको निष्कर्षमा पुग्यो र सबैलाई नियन्त्रणमा लियो । प्रहरी निरीक्षक शाहीलाई भने बोलाएको समयमा उपस्थित हुनेगरी छाडियो । ललितपुर प्रहरीले अनुसन्धान सुरु गरेपछि यो घटना बलात्कारको घटना र मिलापत्र नभएर हनी ट्र्याप रहेको खुल्यो । सो हनी ट्र्याप घटनाको प्रमुख योजनाकार पोखरेल र ताज रहेको खुल्यो । यस ट्र्यापिङको केन्द्रमा सुष्मा थिइन् भने योजना बनाउने, ट्र्यापमा पार्ने र रकम असुल गर्ने योजनामा ताजसँगै बुङ्मती प्रहरी प्रभागकी प्रहरी निरीक्षक शाही पनि रहेको खुल्यो । सो समितिले प्रहरी निरीक्षक शाहीलाई निलम्बन गर्न सिफारिस गरेपछि उनलाई निलम्बन गरिएको थियो । त्यसपछि उनीमाथि पक्राउ पुर्जीसमेत जारी भएको थियो । प्रहरी हिरासतमा पुगेपछि ताजले दिएको बयानमा यस घटनामा पोखरेलको योजना रहेको र त्यसमा आफूले साथ दिएको कुरा उल्लेख छ । त्यसबाहेक राईलाई ट्र्यापिङमा पारी असुल हुने रकम प्रहरी निरीक्षक शाही र अन्य व्यक्तिले आधा–आधा बाँड्ने सहमति भएको पनि बयान दिएका छन् । सहमतिअनुसार ३० लाखमध्ये शाहीले १५ लाख पाउने भनिएको थियो । म काठमाडांैस्थित एयरपोर्टनजिक रहेको रिडर्स इन नामको होटेलमा कोठा लिई बसेको थिएँ । सोही दिन साँझको अन्दाजी ६ः०० बजेदेखि ६ः३० बजेको समयमा कमल थापा सरलाई ह्वाट्सएपमा फोन गरी ‘सर † हामी काठमाडौं आइपुग्यौं, के गरौं ?’ भनेर सोध्दा उहाँले भैंसेपाटीको इन्स्पेक्टरसँग कुरा भइसकेको छ भन्नुभयो । त्यहाँ गएर भेटेर निवेदन दिनु भनेपछि प्रहरी प्रभाग बुङ्मतीमा गई प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई भेटी सम्पूर्ण ब्यहोरा सुनायौं । सो दिन रात परिसकेकाले इन्स्पेक्टर शाहीले सुष्मालाई तिमी भोलि इन्द्रकुमार राईलाई फोन गरी एउटा होटेलमा बोलाउनु र रक्सी खुवाई कोठामा बस्नु अनि ट्वाइलेटमा गई ताज मुल इस्लामलाई एसएमएस गरी होटेलको नाम, कोठा नम्बर र लोकेसन पठाउनु त्यतिखेर हामीहरू इन्द्रकुमार राईलाई पक्राउ गर्न आइहाल्छौं भनेकी थिइन् । त्यसपश्चात् निज प्रहरी निरीक्षक बिनुकुमारी शाहीले नै एक जना हरि नामको प्रहरी बोलाई इन्द्रकुमार राईका विरुद्धमा सुष्मा विश्वकर्माको नामबाट कुटपिट तथा गालीगलौज गरेको भनी सोही कार्यालयभित्रै निवेदन लेख्न लगाउनुभयो । उहाँले सुष्माको दस्तखत गराई पेस गरेपश्चात इन्स्पेक्टर शाहीले सो निवेदनमा तोक आदेश लगाई निवेदन लिने तर दर्ता नगर्ने भनेर आफ्नो स्टाफलाई भन्नुभयो । मेरो साथी दर्शन पोखरेलले (सुष्मा विक)लाई निजहरूले सहमतिमा भएको शारीरिक सम्बन्धलाई जबर्जस्ती करणी भएको भनी झुटो व्यहोरा बताई संगठित रूपमा इन्द्रकुमार राईसँग रकम असुल्नका लागि मलाई प्रयोग गरेको हुँदा यस घटनाको मुख्य योजनाकार दर्शन पोखरेल र सुष्मा विक नै हुन् । उल्लिखित कसुर प्रतिवादी दर्शन पोखरेलको योजनामा मसमेतको संलग्नतामा यो सबै हुन गएको हो । त्यसपछि सोही कुरा निज बिनुकुमारी शाहीले हामीलाई भनेपछि हामी निवेदकहरूसमेतले सहमति जनाएपछि निज जाहेरवाला इन्द्रकुमार राईले ३० लाख रुपैयाँ रकम क्षतिपूर्तिबापत दिने भनी सहमति भएको हो । सो कार्यमा हाल पक्राउ परेका प्रतिवादीहरू मसमेत फरार प्रतिवादीहरू दर्शन पोखरेल, बिनुकुमारी शाहीसमेतको संलग्नता छ । मैले निज इन्द्रकुमार राईलाई जबर्जस्ती करणी मुद्दामा फसाइदिने भनी डर त्रास देखाएको होइन । तत्कालीन समयमा पीडित भएकी भनिएकी सुष्मालाई साँच्चिकै जबर्जस्ती करणी गरी गर्भपतन गराएको भन्ने सुष्मा र दर्शनले भनेबमोजिम तत्कालीन समयमा पीडकलाई कानुनी दायरामा ल्याउनका लागि प्रहरी कार्यालयमा निवेदन दिएको र निज जाहेरवाला इन्द्रकुमार राईले पनि आफूबाट गल्ती हुन गएको र घरमा साना बच्चाहरूसमेत रहेको हुँदा निज सुष्मा विकलाई क्षतिपूर्ति दिन्छु मिल्नुपर्छ भनी सोही प्रभागकी इन्स्पेक्टर बिनुकुमारी शाहीलाई आग्रह गर्नुभएको हो । असोज ७ गते अन्दाजी ११ः०० बजेतिर भंैसेपाटी प्रहरी कार्यालयनजिक गई प्रहरीसमेतको सहयोगमा इन्द्रकुमार राईलाई नियन्त्रणमा लिई प्रहरी निरीक्षककै कोठामा बसी छलफल गर्दा सुष्मा विकलाई इन्द्रकुमार राईले क्षतिपूर्ति दिन्छ, केस यहीँ मिलापत्र गर भनी मलाई भन्नुभयो । सोही समयमा इन्स्पेक्टर बिनुकुमारी शाहीले समेत मलाई ह्वाट्सएपमै म्यासेज पठाई ‘त्यसभन्दा मुनि नजाऊ है’ भनी मलाई भन्दा मैले हवस् भनी म्यासेज पठाएँ । त्यसपछि मैले निज इन्द्रकुमार राईलाई इन्स्पेक्टर बिनुकुमारी शाहीको अगाडि ठिकै छ नि त क्षतिपूर्ति स्वरूप रु.५०,००,०००।– (पचास लाख) दिनु न त भन्दा निज इन्द्रकुमार राईले ‘मसँग त्यति रकम छैन, त्यत्रो रकम दिन सक्दिनँ’ भने । मैले रकम त चाहिन्छ भनेपछि निज इन्द्रकुमार राईले त्यत्रो धेरै रकम म दिन सक्दिनँ, मैले रु.३०,००,०००।– (तीस लाख) सम्म दिनसक्छु, त्यो पनि रु.२०,००,०००।– (बीस लाख) अहिले दिन्छु र बाँकी रु.१०,००,०००।– (दस लाख) तीन महिनापछिको चेक दिन्छु भनेपछि मैले त्यो कुरा क्याफेमा बसेका दर्शन पोखरेललाई निजको ह्वाट्सएप नम्बर ९८०१०४३४३४९ मा म्यासेज पठाएँ । ‘इन्द्रकुमार राईले क्षतिपूर्तिस्वरूप रु.३०,००,०००।– (तीस लाख) दिन्छ रे, के गर्ने ?’ भन्दा निज दर्शन पोखरेलले ल…ल… हुन्छ तर सबै नगदै रकम लिनु भनी निजले मलाई ह्वाट्सएपमै म्यासेज पठाए ।