हवाईभाडा अनुगमन कार्यदल मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन

Share to:

रासंसा/काठमाण्डौ, मार्ग ०७,

मुलुकमा अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभाव’bout अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ। मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार यथाशीघ्र प्रतिवेदन बुझाउनेगरी गठित कार्यदलले यात्रुले खरिद गरेको हवाई टिकट र एयरलाइन्सले बिक्री गरिरहेको टिकट र कालोबजारी अध्ययन तथा अनुगमन गरी सुझाव दिनेछ । उक्त सुझावका आधारमा मन्त्रालयले आवश्यक निर्णय लिने उनले बताए । कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल नागरिक उड्ड्यन प्राधिकरणका प्रतिनिधि सदस्य छन्। कार्यदलले यात्रुले खरिद गरेको हवाई टिकट र एयरलाइन्सले बिक्री गरिरहेको टिकट तथा कालोबजारी अध्ययन तथा अनुगमन गरी सुझाव दिनेछ।

Like