पूर्वसभामुख ढुंगानाको निधनमा शीर्ष नेताको भनाई

Share to:

रासंसा/काठमाण्डौ, मार्ग ०३,

मुलुकमा पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। पुशपति आर्यघाटमा सोमबार दिवंगत ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। कलेजो सम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको थियो। स्व. ढुंगानालाई छोराहरू निमेष र निशेषले दागबत्ती दिएका थिए। सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो। त्यसअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको थियो। त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसभामुख होमनाथ ढुंगानाको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताए। पूर्वसभामुख ढुंगानाको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्दै देउवाले पार्टीसँगै राष्ट्रले एक असल व्यक्ति गुमाएको बताए। त्यस्तै नेकपा एकीकृत समाजवादीकका अध्यक्ष माधव कुमार नेपालले नेपालको संविधान निर्माणमा स्व. ढुंगानाको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गरे। २०४६ सालको आन्दोलनलाई सकारात्मक विन्दुमा पुर्‍याउन ढुंगानाले खेलेको भूमिका तथा संसदमा सभामुखको रूपमा प्रतिपक्षको आवाज सुनेर सम्बोधन गर्ने गरेको बताए। त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्व. ढुंगानालाई एक ऐतिहासिक व्यक्तित्वको रूपमा नेपाली जनताले सधैं सम्झिरहने बताए। ढुंगानाको पार्थिव शरीरमा सोमबार पुष्प अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष दाहालले शन्ति सम्झौता बनाउन र संविधान सभाको वातावरण बनाउनमा खेलेको भूमिका अविस्मरणीय रहने बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रदाञ्जली अर्पण गरेका थिए।

Like