स्वतन्त्र पत्रकार संघ नेपालको सुनसरी जिल्ला सम्मेलन सम्पन्न

Share to:

रासंसा/सुनसरी, कार्तिक २७,

मुलुकमा स्वतन्त्र पत्रकार संघ नेपाल सुनसरी जिल्ला भेलाक़ो उद्घाटन गर्दै स्वतन्त्र पत्रकार संघ नेपाल कोशी प्रदेश संयोजक देवेन्द्र किशोर ढुङगानाले नेपाली पत्रकारिता प्रति जन बिश्वास खस्किदै जानूमा पत्रकारक़ो नाममा राजनितिक पार्टीक़ो वकालत गर्नु र जनताक़ो पक्षमा पत्रकारिताले धर्म छोडनुले यस्तो अबस्था देखिनु बिडम्बना रहेक़ो बताए l उनले पत्रकार सदैव स्वतन्त्र रहनु पर्ने र सरकारक़ो बिपक्षमा रही जनताक़ो पक्षमा कलम चलाउनु पर्नेमा हामी कहॉ पत्रकारहरु सरकार, भ्रष्ट राजनितिक ब्यक्ति, संस्था, ब्यापारीर बिदेशीहरुक़ो हितमा कलम चलाई दिनाले हाम्रो राष्ट्रियता खतरामा परेको स्मरण गराए । इनरुवा स्थित होटल फुलवारीमा आयोजित सो भेलामा केन्द्रीय पार्षद प्रेम प्रसाद गिरी, पत्रकार अकबर अलि, लगायतले सुनसरी जिल्लामा पत्रकारहरु बिच एकता नभएकै कारण बेला बेला पत्रकार माथि आक्रमण हुनु सिंगो नेपाली पत्रकारिता माथिक़ो आक्रमण हो, यसक़ो पक्षमा जो कोही भए पनि ती समाज र देशका लागि दुश्मन हुन भनि चर्चा गरिएको थियो ।

Like