उपकुलपतिका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालयको दरखास्त आह्वान

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २३,

मुलुकमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । उपकुलपतिका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको हुनुपर्नेछ । त्यसका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१ जारी गरिएको छ । सोही अनुसार इच्छुक तथा योग्य व्यक्तिलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा दरखास्त दिन भनिएको छ । कुनै विश्वविद्यालयको प्राध्यापक पदमा स्थायी नियुक्त भई सो पदको अनुभव हासिल गरेको, कृषि तथा वन विज्ञानको क्षेत्रको विशेष अनुभव हासिल गरेको लगायतका मापदण्ड तोकिएका छन् ।समितिले तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गर्नेछ । त्यसका लागि सिफारिसमा परेकामध्ये कृषि तथा वन विज्ञानको क्षेत्रमा विशेष अनुभव भएका व्यक्ति मध्येबाट कम्तीमा १÷१ जना पर्नेगरी तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ । त्यस्तै दरखास्त दिनु तत्काल अघि कुनै राजनीतिक दलको सदस्यता नरहेको समेत हुनुपर्नेछ । दरखास्त दिने अन्तिम दिनसम्म ६३ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

Like