जेष्ठ नागरिक समाज नेपालको १७ औं साधारणसभा संपन्न
प्रताप रानामगर/काठमाण्डौं, कार्तिक २२,
मुलुकमा जेष्ठ नागरिक समाज नेपाल केन्द्रीय कार्यालय कलंकी वडा नं १४ काे १७ औं साधारणसभा संपन्न भएको छ । आज यस समाज कै केन्द्रीय कार्यालय वडा नं १४ स्थित आफ्नै भवनमा काठमाडौ कलंकी वडा नं १४ का अध्यक्ष श्री सुमन श्रेष्ठको प्रमुख आतिथ्यतामा र सो समाजका अध्यक्ष चिरञ्जीवी कडेलकाे सभापतित्वमा यस जेष्ठ नागरिक समाजको १७ ओ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।उक्त कार्यक्रममा ८० औं वसन्त पारगरेका जेष्ठ अग्रजहरूलाई एक समारोहबीच प्रमुख अतिथिज्युबाट बुढ्याेलिकाे सहारा टेक्ने छडि लाैराे वितरणका साथै टाेपि पहिराइ सन्मान पनि गरिएको थियोे । यसैगरी ओखती पाेलि क्लिनिक कलंकीद्वारा स्वास्थ्य सेवा शिविर पनि संचालन गरिएको थियो ।
Like