सबैको जीवनमा शान्ति छाओस् भाइटीकामा प्रधानमन्त्रीको शुभकामना

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १८,

मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् , ‘यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबीचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान् पर्व भाइटीका, समस्त दिदीबहिनी तथा दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमंगको कामना, सबैलाई भाइटीकाको शुभकामना।’ प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा आज शुभकामना व्यक्त गरेका हुन्। उनले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उमंगको कामना गर्दै भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच थप स्नेह जागृत गर्ने विश्वास लिएका बताएकाछन् । भाइटीकाका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तिहार सबैको जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गरेका छन्।

Like