ट्रम्पले दोहोर्याए ‘अमेरिका फर्स्ट’ को नारा
एजेन्सी
विश्वमा अमेरिकी राष्ट्रपति निर्वाचनको प्रचारप्रसार अहिले लगभग अन्तिम चरणमा पुगेको छ । यसैबिच चुनावी अभियानलाई ध्यानमा राख्दै रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कमा ठुलो र्याली गरेका छन् । ट्रम्पले सन् २०२० को अमेरिकी चुनाव पनि यही नाराका साथ लडेका थिए । आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकालाई सुरक्षित, स्वच्छ र सुन्दर बनाउने वाचा गरेका थिए । उनले अमेरिकी बालबालिकालाई देशको झण्डाको सम्मान गर्न सिकाउने पनि बताए । र्यालीमा सम्बोधन गर्दै ट्रम्पले आफ्नो पुरानो नारा ‘अमेरिका फर्स्ट’ दोहोर्याए । सन् २०१६ मा ट्रम्प पहिलो पटक राष्ट्रपति बनेपछि उनले ‘अमेरिका फर्स्ट’को नारा दिएका थिए । अमेरिकीहरूलाई बन्दुक राख्ने अधिकार दिने अमेरिकी संविधानको दोस्रो संशोधन पनि खतरामा रहेको ट्रम्पले बताएका छन् । उनले र्यालीमा उपस्थित भीडलाई ‘के तपाईं विपक्षमा हुनुहुन्छ ?’ भनेर सोधेका थिए, जसमा भीडले ‘होइन’ भनेर नारा लगाएका थिए।