आइसिसी विश्वकप लिग–२ मा नेपालमाथि अमेरिकाको जित
रासंसा/काठमाण्डौ, कार्तिक १२,
मुलुकमा आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल पराजित भएको छ। २८७ रनको लक्ष्य पाएको अमेरिकाले निर्धारित ओभरको २ बल बाँकी छदै ७ विकेटको क्षतिमा जित हासिल गर्यो। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा राति भएको खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाएर २ सय ८६ रन बनायो। नेपालका लागि कप्तान रोहित पौडलले शानदार प्रदर्शन गर्दै ७५ बलमा ९६ रन बनाए। तर, त्यो नेपालका जितका लागि काम लागेन। आशिफ शेखले ५३ बलमा ५२ रन बनाउँदा कुशल भुर्तेलले २८ बलमा ११ रन, आरिफ सेखले एक छक्का र दुई चौका प्रहार गर्दै ४५ बलमा ३७ रन बनाए। अमेरिकाका लागि नोसथुस केन्जिगेले सर्वाधिक चार विकेट लिए। उनले ५२ रन खर्चिए। सौरभ नेत्रावलकरले ६३ रन खर्चिदैँ दुई विकेट लिए। जसदीप सिंह, हरमित सिंह र स्याड्ली भान श्यालवाएकले समान एकएक विकेट लिए। यस्तै दीपेन्द्रसिंह ऐरीले १७ बलमा १३ रन, गुल्सन झाले ३ बलमा एक रन, सोमपाल कामीले चार बलमा दुई रन, सन्दीप लामिछानेले ११ बलमा ५ रन र करण केसीले तीन बलमा तीन रन बनाएर आउट भए। नेपालका लागि ललित राजवंशीले एक बलमा एक रन बनाए। नेपालले दोस्रो खेल मङ्गलबार स्कटल्याण्डसँग खेल्नेछ। लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन्।