आजदेखि सरकारी कार्यालय खुल्ने
रासंसा/काठमाण्डौ, आश्विन २९,
मुलुकमा आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन्। बडादसैंको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुल्न लागेका हुन्। यस वर्षको दशैंमा झण्डै १३ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए। सरकारले दसैं मनाउन ५ दिन बिदा दिएको थियो। आजबाट कार्यालय खुल्ने भएपछि सोमबारबाट दसैंको अन्य दिनको तुलनामा उपत्यकामा सवारी आवागमन बढेका छन्। दशैंको टीका लगाउने सर्वसाधारणको आवतजावतका साथै उपत्यका बाहिर गएका सर्वसाधारणहरू समेत उपत्यका फर्कन थालेपछि उपत्यकामा सवारी आवागमन बढेको हो। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमासम्म जारी रहन्छ।
Like