अब पनि बुझ्नुपर्ने अवरोधले विनाश निम्त्याउँछ

Share to:

रासंसा/काठमाण्डौ, आश्विन १९,

मुलुकमा असोज ११ र १२ गतेसहित वर्षायाममा भीषण वर्षा हुँदा पनि कपनमा गत वर्षजस्तो बाढीले विध्वंस मच्चाएन । अघिल्ला वर्षमा सडक नै खहरे खोलामा परिणत हुने सरस्वतीनगर पनि बाढीको समस्यामा परेन । काठमाडौँ महानगरपालिका वडा नं. ६ र बुढानीलकण्ठ नगरपालिका वडा नं. १०, ११ र १२ कपनको पानीको स्रोत यज्ञमती खोलालाई पुर्न पक्की बक्स कल्भर्ट निर्माण भइरहँदा बाढी त्रासदी उत्तिकै छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं. १०, ११ र १२ स्थित कपन र काठमाडौँ महानगरपालिका वडा नं. ६ मा पर्ने सरस्वतीनगर क्षेत्रको पानीको मूल स्रोत चखुँचाखोला खुला आकाशमुनि बग्न थालेपछि कपन यो वर्ष सुरक्षित देखियो । मुख्यतः सरस्वतीनगर र बुढानीलकण्ठ वडा नं. १० सुरक्षित भएका छन् तर काठमाडौँ उपत्यका विकास प्राधिकरणले जगडोल पार्क, आनीगुम्बा हुँदै बुढानीलकण्ठका १०, ११ र १२ स्थित यज्ञमती खोलामा पक्की पर्खाल नाला (बक्स कल्भर्ट) निर्माण गरिरहँदा त्यस क्षेत्रका बासिन्दाले केही हदसम्म बाढीमा समस्या बेहोरेका छन् । स्थानीय तिलक श्रेष्ठका अनुसार खोला पुरिएर कल्भर्ट निर्माण गरेको क्षेत्र जलमग्न भयो ।
पक्की पर्खाल कुलो निर्माण कार्य बुधबारसम्ममा बुढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराईको घरअगाडि पुगेको छ । पक्की कल्भर्ट निर्माण गरिएको ठाउँमा पनि भारी वर्षा हुँदा कल्भर्टमाथि भेल बग्छ तर वडाध्यक्ष भट्टराईले कल्भर्टले खोला पुर्ने काम सकिएपछि मात्रै बाढीको समस्या समाधान हुने दाबी गर्नुभयो । उहाँले वडाध्यक्ष भट्टराईको घरअगाडिको भागदेखि मिलन चोकसम्म खोलाको बहाब क्षेत्रका सबैजसो घरमा पानी पसेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्की पर्खाल बनाएर पानी सिधै धोबीखोलामा पुर्‍याउने नियतले काम भइरहेको छ । यसो गर्दा कपनको भुइँको पानी सुक्छ र अस्ति ११ र १२ गतेजस्तो पानी दोहोरियो भने कपनमा कल्भर्ट रहला तर घरहरूमा कस्तो क्षति पुग्छ केही भन्न सकिन्न ।” तर चखुँचाखोला आसपासका नागरिकले यस पटक अघिल्ला वर्षमा जस्तो बाढीको प्रताडना भोग्नु परेन । कपनको मिलनचोकबाट धोबीखोलासम्म बग्ने चखुँचाखोला खुला आकाशमुनि बग्न थालेपछि काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिका वडा नं. १० तर्फ बाढीले क्षति नगरेको हो । उहाँले वडाध्यक्ष भट्टराईको घरअगाडिको भागदेखि मिलन चोकसम्म खोलाको बहाब क्षेत्रका सबैजसो घरमा पानी पसेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्की पर्खाल बनाएर पानी सिधै धोबीखोलामा पुर्‍याउने नियतले काम भइरहेको छ । यसो गर्दा कपनको भुइँको पानी सुक्छ र अस्ति ११ र १२ गतेजस्तो पानी दोहोरियो भने कपनमा कल्भर्ट रहला तर घरहरूमा कस्तो क्षति पुग्छ केही भन्न सकिन्न ।” तर चखुँचाखोला आसपासका नागरिकले यस पटक अघिल्ला वर्षमा जस्तो बाढीको प्रताडना भोग्नु परेन । कपनको मिलनचोकबाट धोबीखोलासम्म बग्ने चखुँचाखोला खुला आकाशमुनि बग्न थालेपछि काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिका वडा नं. १० तर्फ बाढीले क्षति नगरेको हो । उहाँले भन्नुभयो, “तत्कालीन कपन गाउँ विकास समितिको मापदण्ड अनुसार तीन/चार मिटर छाडेर घर बनाएका हौँ । हामीले खोला मिचेको होइन । अहिले नयाँ मापदण्ड आयो, अनि हामीले के गर्ने ? हामी आफैँ पीडित हौँ । त्यसैले कल्भर्ट बनाउनुको विकल्प छैन ।” कपनतर्फ वडाध्यक्ष भट्टराईको घरदेखि मिलनचोकसम्म बाढीले समस्या दिने गरेको छ । स्थानीय कृष्ण सापकोटाले जगडोल पार्क हुँदै बगेर आउने यज्ञमती खोलाले आनीगुम्बासहित आसपासका क्षेत्रमा सामान्य डुबान भएको बताउनुभयो । सरस्वतीनगर सुधार सङ्घका अध्यक्ष पेसल पहाडीले भन्नुभयो, “सधैँ बाढीले ताण्डव मच्चाउँथ्यो । यसपालि ठुलो पानी पर्दा निकास नभएर खुट्टा भिज्ने गरी मात्रै जलमग्न भयो । पोहोरजस्तो बाढीको समस्या झेल्नु परेन ।” सङ्घीय सरकारको सहरी विकास मन्त्रालय अन्तर्गतको काठमाडौँ उपत्यका विकास प्राधिकरण, काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबिच समन्वयको अभाव, दीर्घकालीन योजनाबिनै खोला पुर्ने काम जारी रहँदा र कपनमा बस्ती विस्तार हुँदा भूमाफियाको रजगजका कारण यज्ञमती खोला धमाधम पुरिँदै छ । सर्वोच्च अदालतले बागमती नदीको बहाब क्षेत्र ४० मिटर र सहायक खोलाको बहाब क्षेत्र २० मिटर बनाउनू भनेर फैसला गरेपछि यज्ञमती र चखुँचाखोलाको विषयमा पनि बहस सुरु भएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सभ्यतासँग गाँसिएका नदी, खोला पुर्ने कार्यले उपत्यकामा पानीको समस्या गम्भीर हुन सक्ने बताउनुभयो । काठमाडौँ महानगरले चखुँचाखोला खोलेपछि महानगर वडा नं. ६ र ७ तर्फको किनारमा आठ मिटर चौडाइका सडक निर्माण हुँदै छ । चखुँचाखोला आफ्नै स्वरूपमा बग्न थालेपछि बाढी बुढानीलकण्ठ र काठमाडौँ महानगरपालिकास्थित सरस्वतीनगरतर्फ बाढी पसेन । चखुँचाखोलातर्फ एक मिटरको बगैँचासहित सडक बनाइँदै छ । उहाँले भन्नुभयो, “बागमती, विष्णुमती, इच्छुमती हुन् वा यज्ञमती यी मती शब्द त्यसै प्रयोग भएका होइनन् । यो परापूर्वकालदेखि नै निरन्तर अपनाउँदै आएको हुनाले यी नदीको नाम त्यसरी राखिएको हो । त्यसलै सभ्यता, हाम्रो जीवन, थलचर र जलचरसँग पनि जोडिएको हुनाले यी नदी खोला जोगाउनै पर्छ ।” प्राधिकरणले कल्भर्ट निर्माणका लागि २८ करोड ७४ लाख ३९ हजार ९५४ रुपियाँको बजेट निर्माण गरी हाई हिमालय पिआर जेभीलाई २०७८ जेठ ६ गते ठेक्का दिएको छ । कपनकै स्थानीयवासी तथा बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले पक्की कल्भर्ट बनाएपछि बाढीको समस्या नहुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “पानीको मुहान सुक्छ भनेर बाढी सहिरहने कुरा भएन । भूमिगत पानी रिचार्ज गर्ने योजना अनुसार काम अघि बढाएका छौँ । समस्या हुँदैन ।” २०८० साउन २६ गतेभन्दा अघि यज्ञमती र चखुँचाखोला दुवै पुरिएको थियो । जगडोल हुँदै बगेर आनीगुम्बादेखि मिलनचोकसम्म आउने यज्ञमती र मिलनचोकदेखि धोबीखोलासम्म रहेको चखुँचाखोला दुई वटा ह्युमपाइप लगाएर छोपिएको थियो । आनीगुम्बादेखि वडाध्यक्ष भट्टराईको घरअगाडिसम्म पक्की कल्भर्ट बनाइएको छ । त्यही कल्भर्ट मिलनचोकसम्म बनाउने योजनामा काठमाडौँ उपत्यका विकास प्राधिकरणले काम गरिरहेको छ तर काठमाडौँ महानगरपालिकाले मिलनचोकदेखि धोबीखोलासम्म चखुँचाखोला पुरानै स्वरूपमा फर्काएको छ ।

Like