कसरी भयो टिकटक फेरि ‘ठिकठाक?’

Share to:

रासंसा/काठमाण्डौ, भाद्र २२,

मुलुकमा टिकटकका माध्यमबाट सामाजिक सद्भाव भड्काउने काम भएको तत्कालीन सरकारले २०८० कात्तिक २७ गते त्यसमाथि लगाएको प्रतिबन्ध वर्तमान सरकारले शुक्रबारदेखि हटाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै टिकटक पुनः सुरु गर्न इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएपछि यो सेवा सञ्चालनमा आएको छ। मन्त्रिपरिषद्को यही भदौ ६ गतेको बैठकले गरेको निर्णयका आधारमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमाथिको प्रतिबन्ध औपचारिक रूपमा हटाएको हो। मन्त्रिपरिषद्ले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्ले टिकटक प्रयोगमा लगाइएको रोक हटाउने निर्णय ६ गते नै गरे पनि नियमाक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट औपचारिक रूपमा जानकारी नपाएको भन्दै केही सेवा प्रदायकले यो सेवा दिएका थिएनन्। दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी टिकटकमा लगाइएको रोक हटाउन सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई निर्देशन जारी भएको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ। एक अनुमानअनुसार नेपालमा करिब २२ लाख मानिसले टिकटक प्रयोग गर्छन्। सरकारले टिकटकले समाजमा विकृति ल्याएको भन्दै बन्द गरेपछि कतिपयको रोजीरोटी नै गुमेको थियो। टिकटकको माध्यमबाट धेरैले आफ्नो व्यवसायको प्रचार गर्न पाएका थिए। वयस्क मात्र होइन, केटाकेटी र बुढाबुढी पनि यसमा रमाएका थिए। ‘टिकटक खुसीको साधन पनि थियो,’ अनुज लामा लेख्छन्, ‘तर सरकारले लामो समय बन्द गरिदियो।’ ‘सामाजिक सद्भाव बिग्रियो भनेर टिकटक बन्द गरिएको रे,’ सामाजिक सञ्जालमा अन्जान थापा लेख्छन्, ‘अहिले के मिलेर खुलेको हो ?’ कतिपयले सरकारले आफ्नो आलोचन सहन नसकेर बन्द गराएको आरोपसमेत लगाएका थिए। टिकटक खुलेको समाचार सार्वजनिक हुनेबित्तिकै धेरैले स्वागत गरेका छन्। कतिपयले ‘मेरोमा अझै चलेको छैन’ भनेर प्रतिक्रिया समेत दिएका छन्। कतिपयले भने सरकारले यति लामो समयसम्म टिकटक किन बन्द गर्‍यो भन्ने प्रश्नको जवाफ दिनुपर्ने माग सामाजिक सञ्जालमार्फत राखेका छन्। उनले सरकारलाई टिकटकले किनेको हो कि भन्ने प्रश्नसमेत गरेका छन्। ‘कि त अरू बेलाजस्तै सरकारले रकम हात लगायो,’ उनले भनेका छन्, ‘हैन भने किन बन्द गरियो ? किन खुल्यो ? प्रस्ट जानकारी चाहियो।’ ‘बिहीबार भएको बैठकमा टिकटकका प्रतिनिधिले नेपाल सरकारको चासोका सबै विषयमा सहमति जनाएका छन्,’ प्रवक्ता ठाकुरले भने, ‘त्यसैले हामीले टिकटक खोल्ने निर्णय गरेका हौं।’ टिकटकले नेपालको शिक्षा, पर्यटन लगायत क्षेत्रमा सहयोग पुर्‍याउने बाचासमेत गरेको उनले बताए। ‘बिहीबार भएको बैठकमा टिकटकका प्रतिनिधिले नेपाल सरकारको चासोका सबै विषयमा सहमति जनाएका छन्,’ प्रवक्ता ठाकुरले भने, ‘त्यसैले हामीले टिकटक खोल्ने निर्णय गरेका हौं।’ टिकटकले नेपालको शिक्षा, पर्यटन लगायत क्षेत्रमा सहयोग पुर्‍याउने बाचासमेत गरेको उनले बताए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले टिकटकले नेपालको कानुनअन्तर्गत रहेर अगाडि बढ्ने भनेकाले सरकारले प्रतिबन्ध खुला गरेको जानकारी दिए। उसले नेपालमा दर्ता हुन कम्तीमा दुई महिनाको समय मागेको जानकारी पनि उनले दिए। ‘टिकटकले नेपाली प्रतिनिधिसमेत राख्न थालेको जनाएको छ,’ ठाकुरले भने, ‘यसबाट टिकटकमा अपलोड हुने विषयको अनगुमगनमा पनि सहयोग पुग्नेछ।’ सामाजिक सद्भाव बिगार्ने, हिंसालाई प्रश्रय दिने खालका सामग्री नियन्त्रण गर्न टिकटक नेपाल प्रहरीसँग सहकार्यमा जुटेको पनि प्रवक्ता ठाकुरले बताए। ‘समग्रमा टिकटक नेपाल सरकारको नियम मान्न तयार देखिएको छ,’ उनले भने, ‘त्यसैले हामीले रोकिएको टिकटक खुल्ने बनाएका छाैं।’

Like