नेपाल स्वयंसेवी रक्तदाता समाज बाजुरा जिल्ला शाखा गठन
रासंसा/आजुरा, भाद्र १४,
मुलुकमा हिजो भाद्र १३ गते जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारि हेमकान्त पाैडेलकाे प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज बाजुरा जिल्ला शाखा गठनार्थ एक भेलाकाे आयाेजना गरियाे । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे सभापतित्वमा सम्पन्न साे भेलामा नेपाल रेडक्रस साेसाइटी बाजुरा जिल्ला शाखाका सदस्यद्वय: चक्र थापा,मदन राेकाया र भानुदय माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिक्मत बहादुर थापा लगायतकाे आतिथ्यता रहेकाे थियोे ।
बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा बाजुराका सदस्यद्वय:ले संयुक्तरूपमा खादा र टीका स्वागत एवं सम्मान प्रदान गर्नुभएको थियो । साेहि अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजकाे आजीवन सदस्यता लिनुहुने बाजुरा जिल्लाका श्री सरिता कुमारी रावललाई कार्यक्रमका सभापति एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले समाजकाे आजीवन सदस्यता प्रमाण-पत्र ,परिचय-पत्र र संस्थाकाे बाय्ज प्रदान गर्नु भएको थियोे । उक्त भेलाले आगामी कार्तिककाे पहिलो हप्ता नेपाल स्वयंसेवी रक्तदाता समाज बाजुरा जिल्ला शाखा गठन गर्न हिक्मत बहादुर थापालाई संयाेजक चयन गरिएको छ ।