हरिहर सन्यास आश्रम देवघाटधाममा अतिरुद्राभिषेक महायज्ञ शुभारम्भ

Share to:

पुष्पराज खतिवडा/तनहुँ, श्रावण २९,

मुलुकमा तनहुँ जिल्लाको देवघाट गाउँ पालिका वडा नं ५ मा रहेको श्रीहरिहर सन्यास आश्रममा अतिरुद्राभिषेक महायज्ञ सुरु हिजो श्रावण महिनाको अन्तिम सोमबारदेखि शुरु भएको छ । राष्ट्रकल्याण, शान्ति तथा जीवजन्तु कल्याणका लागि भगवान शंकरलाई जलधारा अभिषेक गरेमा शान्ति मिल्ने पुण्य विश्वासका साथ उक्त यज्ञ सुरु गरिएको हरिहर सन्यास आश्रम देवघाटका व्यवस्था प्रमुख एवं परमानन्द संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य स्वामी सच्चिदानन्द सरस्वतीजी महाराजले बताउनुभयो ।
श्री हरिहर सन्यास आश्रमका अध्यक्ष पीठाधिश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको पावन सामनिध्यतामा अतिरुद्राभिषेक महोत्सव सुरु भएको हो । महोत्सव हिजोबाट सुरु भई श्रावण ३२ गतेसम्म सञ्चालन हुने बताइएको छ । यो अनुष्ठानको मुख्य उद्धेश्य नै सम्पूर्ण प्राणीको आत्मकल्याण एवम् सुख शान्ति समृद्धि रहेको कुरा आश्रमका व्यवस्था प्रमुख स्वामी सच्चिदानन्द सरस्वतीजी महाराजले बताउनु भयो
महोत्सवमा १ सय ६२ ब्राह्मणहरूको वरण गरेर मन्त्रोचारण गरी कार्यक्रम भइरहेको र हजारौं भक्तजनहरूको सहभागिता रहने विद्यापीठका प्राचार्य सच्चिदानन्द महाराजले राष्ट्र संरक्षण डट कमलाई बताउनुभयो ।

Like