अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

प्रथम बार्षिकाेत्सब तथा पदस्थापन कार्यक्रम सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ, श्रावण २१,

मुलुकमा स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टरको प्रथम बार्षिकाेत्सब तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
लायन गुरू अधिकारीकाे सभापतित्वमा आयाेजित साे कार्यक्रममाकाे समापन नयाँ अध्यक्ष लायन प्रदीपमान प्रधानकाे सभापतित्वमा भएको थियोे । लायन रचना श्रेष्ठद्वारा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई खादामाला पहराई फूलकाे गुच्छा प्रदान गरि स्वागत गर्नुका साथै ओम माने प्यमे हुँ” अंकित माने मायाकाे चिनाे स्वरूप प्रदान गरेर सम्मान जाहेर गरिएको थियोे ।
उक्त बिशेष कार्यक्रममा लायन गुरू अधिकारीले आफ्नो कार्यकालको प्रगति बिवरण प्रस्तुत गर्नुभएको थियोे भने नयाँ अध्यक्ष प्रदीपमान प्रधानद्वारा भावी कार्यक्रमहरू पेश गर्नुभएको साे बिशेष समारोहमा प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले लायन्सद्वारा सञ्चालनमा आउन लागेको रक्त सञ्चार सेवा चाँडै नै शुभारम्भ भई सेवा प्रदान गर्न शुभकामना दिनुका साथै रगत र रगतबाट तयारी पारिएका रक्त-तत्वहरू पीडित समक्ष नि:शुल्क उपलब्ध गराउन तर्फ अग्रसर हुनुपर्नेमा जाेड दिनु भएको थियोे । नेपाल स्वयंंसेवी रक्तदाता समाज यसमा सहकार्य गर्न तयार रहेकाे पनि बताउनु भयो ।

Like