Share to:

रासंसा/काठमाण्डौ, श्रावण २१,

मुलुकमा गुँलाबाजं खलः स्वयम्भू जाने चलन लिच्छविकालीन राजा हर्षदेवको शासनकाल ने.सं २०४–२१८ बाट सुरु भएको अनुमान यहाँ एक महिनासम्म राजा हर्षदेवद्वारा रचना गरिएको दशवलास्तव स्रोत सांगितात्मक रूपमा चलाउँदै आएको कुराले पुष्टि हुन्छ। बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण सांस्कृतिक पर्व ‘गुँला पर्व’ साउन शुक्ल पक्ष प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइन्छ यो पर्व नेपाल संवत्को गुँलात्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गर्दछन्। नेवा: समुदायले मनाउने गुँला पर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जानु अपरिहार्य झैँ हुन्छ । साथै मध्यपुर ठिमीमा पनि न्याकुबाजा नामक अर्नाको सिङको बाजा र चित बाजा नामक भेडाको सिङको बाजा बजाइन्छ। यस्तै यो महिनामा इटुम्बहालमा पनि दिपंकर र केश्चान्द्र आजुलाई विराजमान गराइन्छ। यस पर्व काठमाडौँ बाहिर पनि विभिन्न तरिकाले मनाइन्छ, काठमाडौँ उपत्यका बाहिर दोलखामा भने यो पर्व हिलो जात्रा नाम गरी कृष्ण जन्म अष्टमी सम्म मनाइन्छ। यस गुंला महिनामा गुंला पर्व नेवा: समुदायमा विशेष रूपमा अनि काठमाडौँ उपत्यका लगायत अन्य केही नेवा: समुदायको बाहुल्यता भएका ठाउँमा मनाइन्छ । नेवा: समुदायका बौद्ध मार्गी परिवारमा यस पर्वको उल्लास अझ बढी आत्मिक अनि चिन्तनगत रूपमा रहेको पाइन्छ, भगवान् बुद्ध अनि वहाँका अनुयायीहरू दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई बर्खा अनि ज्ञानको एउटा सङ्गम पनि मानिने गरिन्छ । विशेष गरी नेवार समुदायले मनाउने गुँला पर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ । दिपनंकर बुद्ध अनि पौवका प्रतिमाहरू यस दिनमा विशेष गरिन्छ, हुन त गुंला एक दिनको मात्र चाड त हैन यस चाडलाई चन्द्रमानका विभिन्न तिथिमा विभिन्न प्रकारले मनाइन्छ । बर्खाको अन्त्य सगैं आउने खुला आकाश अनि सफा बादलका टुक्राहरूमा आआफ्ना दिनचर्याका खाँका गज्जबले कोरौँ, सबैलाई शुभकामना । आज काठमाडौँ उपत्यकाका चोक चौराहहरुमा विशेष गुंला सङ्गीतको श्रवण गर्न सकिन्छ भने विभिन्न गुम्बा, मन्दिर अनि आत्मिक स्थलमा भक्तजनको आवागमन धेरै रहन्छ । बहीद्यः स्वःवनेगु नेवा: सस्कृतीको अनन्य पाटो हो जहाँ अघिअघि बाजा अनि सङ्गीत अनि पछि पछि भक्तजनहरू हुन्छन्, आजका दिनमा यस्ता झाँकीहरू प्रशस्तै देख्न सकिन्छ, काठमाडौँ उपत्यकामा । द्यः थायेगु आजको विशेष क्रियाकलापमा पर्दछ, आज कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले ससाना स्तुपा बनाउने चलन रहन्छ । काठमाडौँ र ललितपुरमा पन्जारा अर्थात बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई सहरमा घुमाउने अनि चामल लगायतका बस्तु जम्मा गर्ने चलन पनि छ । बौद्ध मार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्त्व दिने गरिन्छ ।

Like