आज प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै
रासंसा/काठमाण्डौ, श्रावण ०६,
मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दुई तिहाइ बहुमत पु¥याउने रणनीतिमा रहेका प्रधानमन्त्री ओलीलाई सो संख्या पु-याउन भने सकस पर्ने देखिएको छ । दुई तिहाइ बहुमत पु¥याउन साना दलको भूमिका महत्वपूर्ण देखिन्छ । यद्यपि, कतिपय दल खुलिसकेका छैनन् । प्रतिनिधिसभामा कांग्रेसको ८८, एमालेको ७७ (सभामुख र एक सांसद टोपबहादुर रायमाझी निलम्बित बाहेक), जसपाको ७ र लोसपाको ४ सिट छ । मधेस प्रदेशमा जनमत पार्टीका नेता मुख्यमन्त्री सतिष सिंह नेतृत्वको सरकारमा एमाले, कांग्रेससमेत सहभागी भएकाले ओलीलाई जनमतले पनि विश्वासको मत दिने अवस्था छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका ओली नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् । एमाले, कांग्रेस गठबन्धनको सरकारमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सहभागी भइसकेको छ । जनमतको ५ सिटसहित स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह, योगेन्द्र मण्डलले विश्वासको मत दिँदा १ सय ८३ हुन्छ । जबकी प्रतिनिधिसभामा २ सय ७५ सिट रहेकाले दुई तिहाइ बहुमतका लागि १ सय ८४ सिट आवश्यक पर्छ । बहुमत (१३८)का लागि कांग्रेस र एमाले नै पर्याप्त दुई तिहाइ बहुमतका लागि साना साना दलको समर्थन अनिवार्य भएको हो । ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने’bout जसपा, आजपा, नेमकिपा, जनमोर्चा अनिर्णित छन् । ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने’bout जसपा, आजपा, नेमकिपा, जनमोर्चा अनिर्णित छन् । दुई तिहाइ बहुमतका लागि ओलीले एक सिट रहेको आमजनता पार्टी (आजपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) वा जनमोर्चालाई समेत विश्वासमा लिनुपर्ने बाध्यता रहेको छ । वा ५ सिट रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई विश्वासमा लिनुपर्ने बाध्यतामा ओली रहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १४, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १० प्रतिनिधिसभामा रहेको छ । माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा र आजपाले ओलीलाई विश्वासको मत नदिने निश्चित रहेको छ । राप्रपाले विश्वासको मत नदिने निर्णय गरे पनि अन्य दलले निर्णय गर्न बाँकी रहेको छ । साना दलले विश्वासको मत नदिँदा दुई तिहाइ पु¥याउन नसकिने भएकाले ओली साना दललाई फकाउने प्रयास गरिरहेका छन् । साना दल अझै ‘पर्ख र हेर’को अवस्थामा छन् । ओलीको विपक्षमा ७८ सांसद उभिने निश्चित रहेको छ । दुई तिहाइका लागि अन्य साना र स्वतन्त्र सांसदले दिने मत नै निर्णायक हुने अवस्था छ । एमालेले ओलीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । कांग्रेसले आइतबार नै संसदीय दलको बैठक बोलाएको छ । आइतबार नै अधिकांश दलले संसदीय दलको बैठक बोलाएर निर्णय गर्न लागेका छन् । संविधानअनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । कांग्रेसको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले ३१ असारमा शपथ ग्रहण गरेका थिए । उनलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए । प्रधानमन्त्रीको शपथ लिएलगत्तै उनले मन्त्रिपरिषद् समेत गठन गरिसकेका छन् । एमाले र कांग्रेसबीच १७ असारमा भएको सहमतिअनुसार संविधान संशोधनसमेत गर्ने गरी यो गठबन्धन बनेको हो । संविधान संशोधनका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ । सो सहमतिअन्तर्गत सुरुमा ओली र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने नेताले बताएका छन् । दुवै दलले अनुमोदन गरेका सो सहमतिलाई हालसम्म सार्वजनिक गरिएको छैन । तर, त्यसमा सुशासन, भ्रष्टाचार नियन्त्रण र विकासका आकांक्षा सम्बोधन गर्न र राजनीतिक स्थिरताका लागि संविधान संशोधन प्रक्रिया अघि बढाउन दुई दलले प्रतिबद्धता जनाएको नेताले बताउँदै आएका छन् । दुई दलका कतिपय नेताले संविधान संशोधन गर्दा निर्वाचन प्रणालीलाई एउटा मुख्य बुँदा बनाइनेसमेत बताएका छन् ।