विश्वासको मत पनि नदिने निर्णयसाथ नागरिक उन्मुक्तिले लियो सरकारलाई दिएको समर्थन फिर्ता

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २६,

मूक्मा नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन विश्वासको मत पनि नदिने निर्णयसाथ नागरिक उन्मुक्तिले लियो सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसदीय दलका नेता गंगाराम चौधरीले बताए। बैठकमा तीन सांसदको मात्र सहभागिता थियो। रञ्जिता श्रेष्ठ बैठकमा सहभागी थिएनन्। समर्थन फिर्ता लिएको पत्र बिहीबार बुझाइने उनले बताए। ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौं। भोलि पत्र पनि बुझाउँछौं,’ अन्नपूर्णसँग उनले भने। यससँगै प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्तिका सांसदको विश्वासको मत पनि नपाउने भएका छन्।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *