समाचार लेखेको भन्दै स्वतन्त्र पत्रकार संघका केन्द्रिय सदस्य र जिल्ला उपाध्यक्षलाई ज्यान मार्ने धम्की

Share to:

रासंसा/सुनसरी, आषाढ १४,

समाचार लेखेको भन्दै स्वतन्त्र पत्रकार संघका केन्द्रिय सदस्य र सुनसरी जिल्ला उपाध्यक्षलाई एक ब्यापारीले ज्यान मार्ने धम्की दिएका छन । स्वतन्त्र पत्रकार संघका केन्द्रिय सदस्य पत्रकार प्रेम प्रसाद गिरि र स्वतन्त्र पत्रकार संघका सुनसरी जिल्ला उपाध्यक्ष पत्रकार अकबर अलिलाई समाचार लेखेको विषयलाई लिएर सुनसरीको दुहबी वडा नम्बर ६ स्थित संचालनमा रहेका जय माँ वैष्णो मसाला उद्योगका संचालक सुरेन्द्र पौदारले सरकारी कार्यालय भित्रै ज्यान मार्ने धम्की दिएका छन् । काेचिला खवरका पत्रकार/प्रकाशक अकबर अलि र कार्यकारी सम्पादक प्रेम प्रसाद गिरि सूचनाको बिषयमा कुराकानी गर्न दुहबी वडा नम्बर ६ को कार्यालयमा पुग्दा उद्योगका संचालक सुरेन्द्र पौदारले मेरो उद्योग सम्बन्धी किन समाचार लेखेको भन्दै पत्रकार अलि र गिरि समेतलाई गाली गलौज गर्दै सिध्याइ दिने(ज्यान मार्ने )धम्की दिएकाे पत्रकार अलिले वताए । गत जेष्ठ ३२ गतेकाे अंक कोचिला खबर पत्रिकामा” दुहबीमा १२ बर्ष देखि गैर कानुनी तथा मानव स्वास्थमा खेलवाड गर्दै खाद्यान्न बिभागको अनुमती बिना घरमै उद्योग संचालन गरेको’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि पौदारले वडा नम्बर ६ को सरकारी कार्यालय भित्रै आफूले जे पनि गर्न सक्ने भन्दै ज्यान मार्ने र सिध्याई दिने सम्मको धम्की दिएकाे अलिले वताए ।पत्रकार र मिडिया लाई हतोत्साहित गर्न डर र धम्की देखाउने कार्यको घोर भर्त्सना गर्दै अभद्र व्यवहार गर्ने पौदार माथि कानुनी कार्बाहीको माग समेत गरेकाे छ । यता ज्यान मार्ने धम्कि दिने विरुद्ध कार्वाहीको माग सहित ईलाका प्रहरी कार्यालय दुहबीमा उजुरी दिएकाे पत्रकार गिरिले बताए । ‘पत्रकारले लेखेको समाचार माथि चित्त नबुझे कानुनी उपचारमा जाने मार्ग र निकाय हुँदाहुँदै पत्रकारलाई स्वतन्त्र रूपमा काम गर्ने मार्गमा हतोत्साहित गर्ने, डर देखाउने, धम्की दिने जस्ता कार्य प्रेस स्वतन्त्रता माथिको प्रहार सरासर गलत हाे । सम्बन्धित निकायले यस्तो घटनालाई तुरुन्त छानबिन गरि दाेषीलाई कानुनी कठघरामा उभ्याएर हदैं सम्मकाे कार्वाही गरियोस् उहाहरुको माग रहेको छ ।

Like