फर्गुसनको कीर्तिमानसँगै न्युजिल्यान्डको सहज जित

Share to:

एजेन्सी/आषाढ ४,

विश्वमा टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेको छ । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् । कप्तान केन विलियमसन र डेयरल मिचेलले नटआउट रहेर क्रमशः १८ र १९ रन बनाउँदै टोलीलाई जित दिलाए । पपुवा न्युगिनीका काबुआ मोरेयाले २ विकेट लिए । पपुवा न्युगिनीले प्रस्तुत गरेको ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि डेभन कनवे सर्वाधिक ३५ रन बनाए । उनले ३२ बलमा २ चौका र ३ छक्का प्रहार गरे । यसअघि लोकी फर्गुसनको दुर्लभ कीर्तिमानको मद्दतले न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७८ रनमा सीमित गर्न सफल भएको थियो । खेलमा फर्गुसनले ४ ओभर बलिङ गर्दै चारै ओभर मेडेन राखेर ३ विकेट लिन सफल भए । पपुवा न्युगिनीका लागि चार्ल्स अमिनीले सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै, नोरमान भानुवाले १४ तथा सेसे बाउले १२ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । टी–२० विश्वकपमा यस्तो उपलब्धि हासिल गर्ने उनी पहिलो बलर हुन् । टी–२० अन्तर्राष्ट्रियमा पनि यो रेकर्ड उनीबाहेक क्यानडाका साद बिन जाफरले मात्र बनाएका छन् । उनले सन् २०२१ मा टी–२० विश्वकपको छनोट खेलमा पानामाविरुद्ध ४ ओभर बलिङ गर्दै कुनै पनि रन नदिई २ विकेट लिन सफल भएका थिए । न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट, टीम साउथी र इस सोधीले २–२ विकेट हात पारे । मिचेल स्यान्टनरले एक विकेट लिए ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *