सिन्धुलीका २३ विद्यालयमा ‘पुलिस टिचर’
रासंसा/सिन्धुली, ज्येष्ठ २६,
मुलुकमा जिल्लाका २३ विद्यालयमा पुलिस टिचर नियुक्त गरिएको छ । विद्यार्थीलाई समाजलाई कसरी अपराधरहित, सुरक्षित, सभ्य बनाउन सिकाउन र सामुदायीक सुरक्षालाई संस्थागत गर्न सकिन्छ भनि सिकाउन लागि विद्यालयमा पुलिस टिचर नियुक्त गरिएको हो । जिल्लाका सबै विद्यालयमा पुलिस टिचर नियुक्त गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला सदरमुकामका १० वटा नीजि र १३ वटा सामुदायिक विद्यालयमा पुलिस टिचर नियुक्त गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । विद्यालयले खेलकुद, सामाजिक वा अन्य कुनै शिक्षकलाई पुलिस टिचरको रुपमा तोकेपछि प्रहरीले उनीहरुलाई नियुक्त गरेको हो । पुलिस टिचरले आफ्नो विद्यालयका बालबालिकालाई आधारभूत सुरक्षा सचेतना, सडक सुरक्षा, आकस्मिक नम्बरहरुको प्रयोग, लागु औषध मादक पदार्थ, सुर्तिजन्य पदार्थ र साईबर अपराध, बालबालिका, यौनजन्य हिंसा र दुव्र्यवहार सम्बन्धि, सामाजिक विकृति, दाईजो प्रथा, बोक्सीको आरोप सम्बन्धि प्रशिक्षण गर्ने छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले एकल प्रयासले मात्र सामाजिक विकृति, लैंगिक हिंसा, बालबालिकामाथि हुने अपराध नियन्त्रण सम्भव नभएकाले प्रहरीले विद्यालय स्तरमा सचेतना दिने र सहकार्य गर्ने गरेको बताए ।यस्तै उनीहरुले विपद जोखिम न्युनिकरण, लैंगिक हिंसासँग आकर्षित कानुनहरु, एकद्धार संकट व्यवस्थापन केन्द्र लगाएतका ’boutमा समेत प्रशिक्षण दिने छन । प्रहरीले ति विद्यालयहरुमा प्रहरी विद्यालय सम्पर्क समिति समेत निर्माण गरेको छ । प्रहरीले स्थानीय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रमको कार्यविधि बनाएर सो कार्यको सुरुवात गरेको हो । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले तयार गरेको पाठ्यक्रम अनुसार जिल्लामा पुलिस टिचर कार्यक्रम सुरु भएको हो । अभियानलाई सफल बनाउन र समुदाय सुरक्षालाई मजबुत बनाउन प्रहरीले दैनिक विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गरिरहेको पनि काफ्लेले जानकारी दिए । जिल्लाका सबै स्थानीय तहका सबै विद्यालयमा पुलिस टिचर नियुक्त गरिने र सबै विद्यालयमा प्रहरी विद्यालय सम्पर्क समिति निर्माण गरिने काफ्लेले बताए । यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रहरीसँग विद्यार्थी कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न विद्यालयका विद्यार्थीहरुसँग भेटघाट तथा विभिन्न विषयमा प्रत्यक्ष अन्तक्र्रिया समेत गरिरहेको छ ।