नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण भोलि, प्रधानमन्त्री प्रचण्डसँग को-को जाँदै ?
रासंसा/काठमाण्डौ, ज्येष्ठ २६,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार नयाँ दिल्ली जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन दाहाल नयाँ दिल्ली जान लागेका हुन्। प्रधानमन्त्री दाहाल आइतबार राति नयाँ दिल्लीमै बस्ने कार्यक्रम छ। उनी सोमबार फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरी र उच्चपदस्थ सरकारी अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। मोदी एनडीए गठबन्धनको नेतृत्व गर्दै तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्दैछन्। उनले आइतबार साँझ ७:१५ बजे सपथ लिँदैछन्। मोदीको सपथग्रहण कार्यक्रममा विदेशी पाहुनासहित ८ हजार बढीको सहभागिता रहने बताइएको छ।
Like