सहकारी ठगी छानबिनको प्रतिनिधि सभाले बनायो संसदीय समिति
रासंसा/काठमाण्डौ, ज्येष्ठ १६,
मुलुकमा प्रतिनिधिसभाले सहकारी ठगि प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ । समितिको नाम ‘सहकारी संस्था बचत रकम दुरुपयोग समबन्धमा संसदीय छानबिन विशेष समिति’ राखिएको छ । समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ । समितिको संयोजकमा एमालेका सांसद सुर्य थापा रहेका छन् भने एमालेबाट थापा र सरिता भुसाल रहने भएका छन् । त्यस्तै कांग्रेसबाट सांसदहरु ईश्वरी देवी न्यौपाने, र बद्रीप्रसाद पाण्डे रहने छन् भने माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका छन् । सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने। नेपाल सरकार सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका अनुसूची-१ मा उल्लेख भएका संस्थाहरू लगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने । समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने। सहकारी संस्था सदस्य (शेयर धनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पुऱ्याएको भनी सङ्घीय संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची २ मा उल्लेखित लगायतका सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैर कानुनी रूपमा प्रवाह भए-नभएको, र त्यस्तो गैर कानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको ’boutमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुन बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने । सरकारले एमालेका सांसद सुर्य थापाको संयोजकत्वमा सहकारी ठगि सम्बन्धि संसदीय छानबिन समिति गठन गर्ने भएको छ ।७ सदस्यीय समितिमा एमालेबाट थापा र सरिता भुसाल रहने भएका छन् । त्यस्तै कांग्रेसबाट सांसदहरु ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे रहने छन् भने माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहने भएका छन् । आजै बस्ने प्रतिनिधिसभाको बैठकले संसदीय समितिको घोषणा गर्ने छ । समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।