आज जसपाले पार्टी छाडेका ७ सांसदविरुद्ध दिएको रिटमाथि सुनुवाई
रासंसा/काठमाण्डौ, ज्येष्ठ ८,
मुलुकमा ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन जनता समाजवादी पार्टी, नेपालले दिएको रिटमाथि आज सुनुवाइ हुने भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले सोमवार विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित ७ जनालाई सहभागी गराउन रोक्न माग गर्दै रिट दायर गरेका थिए। यसअघि सोमवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा राखेपछि सुनुवाइ हुन सकेको थिएन। यादवले उनीहरूलाई रोक्न सभामुखलाई पनि पत्र पठाएका थिए। तर, सभामुखले त्यसलाई बेवास्ता गर्दै विश्वासको मत दिने प्रक्रियामा सहभागी गराएका थिए।
Like