मिलन थापासहित तीन जनाले जलहरी प्रकरणमा पाए सफाइ

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १८,

मुलुकमा विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव मिलन कुमार थापासहित ३ जनालाई सफाइ दिएको छ। सफाइ पाउनेमा डा प्रदीप ढकाल, मिलन थापा र अरुणकुमार श्रेष्ठ रहेका छन्। मंगलबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठले सफाइ दिने फैसला गरेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पशुपति मन्दिरमा सुनको जलहरी निर्माण गर्दा प्रयोग हुने बहुमुल्य सुन लगायतका धातुहरूको उचित संरक्षणको प्रबन्ध गर्नुपर्ने, सुनको जलहरी बनाउने जस्तो संवेदनशली विषयमा सम्बन्धित आधिकारिक ज्ञान भएको विज्ञ व्यक्तिसँग मात्र जलहरी निर्माणको कार्य अगाडी बढाउनुपर्नेमा सो नगरी सुन सम्बन्धी काम गर्न सक्ने सम्बन्धित निकायबाट ईजाजत नलिइएको कालीगढको रुपमा काममा लगाई सुनको जलहरी निर्माण गरेको अख्तियारले दायर गरेको पत्रमा उल्लेख छ।

Like