अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

चन्द नेतृत्वको नेकपाको २०८४ को निर्वाचनमा भाग लिने निर्णय

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १८,

मुलुकमा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने भएको छ । संघ र प्रदेश निर्वाचनलाई बहिस्कार गर्दै आएको नेकपाले समाजवाद स्थापनाका लागि निर्वाचनलाई उपयोग गर्ने निर्णय गरेको हो । नेकपाको पाँचौ केन्द्रीय समिति बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै निर्वाचनमा भाग लिने जनाएको छ । ‘केन्द्रीय समितिले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थालाई नेपाली विशेषताको समाजवादमा परिवर्तन गर्न सम्भव सबै तरिका र माध्यमहरुलाई प्रयोग गर्ने निर्णय लिएको छ,’ निर्णयमा भनिएको छ, ‘त्यसका लागि २०८४ को चुनावलाई समाजवादी मिसनमा बदलेर प्रयोग गर्ने निर्णय लिएको छ । त्यसैगरी संविधानमा आमूल परिवर्तत गरेर, जनमतसंग्रह गरेर, जनताको लागत र पार्टीहरुका तागतलाई एकीकृत गर्दै संघर्ष गरेर पनि नेपाललाई समाजवादमा परिवर्तन गर्न जोड लगाइने छ ।’ नेकपाले माओवादी विचारधाराका दलहरुबीच एकता गर्ने निर्णय पनि गरेको छ । ‘माओवादी धाराका बीचमा राजनीतिक कार्यदिशा, संगठन, संघर्ष, सांस्कृतिक विषयमा छलफल गरेर उपयुक्त समयमा एकता गर्ने निर्णय लिएको छ.’ महासचिव चन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी कम्युनिस्ट पार्टीहरुका बीचमा एकीकृत पार्टी र आन्दोलन निर्माणका विषयमा व्यापक बहस गर्ने । नभए समाजवादका लागि बृहत् मोर्चा निर्माणमा जोड दिने निर्णय लिएको छ ।’ ‘देशको स्वाधीनताका लागि एमसीसीलाई नयाँ कानुन निर्माण गरेर नेपाल सरकार र नेपाल कानुनी व्यवस्थाभित्र ल्याउन संघर्ष गर्ने, गरिब किसान, मध्यमवर्गलाई टाटपल्टाउने मिटरब्याज, लघुवित्तका समस्या, सुकुम्बासी, बाढीपीडित, एनसेलको कर छली, मानव तस्करी, महिला हिंसा, बालबालिका शोषण, श्रमिक समुदाय माथिको विभेद र दमनविरुद्ध संघर्ष गर्ने निर्णय लिइएको छ,’ नेकपाले भनेको छ । नेकपाले ‘नेपाली विशेषताको समाजवादका लागि चार मित्र शक्ति (कम्युनिष्ट, समाजवादी, देशभक्त र लोकतान्त्रिक गणतन्त्रवादी)सँग मोर्चा बनाउन’ पहल गर्ने जनाएको छ । माओवादीसहित समाजवादी मोर्चामा रहेको नेकपाले एमसीसी कार्यान्वयनका लागि नयाँ कानुन बनाउन माग गरेको छ । नेकपाले पार्टीले कृषि क्षेत्रमा गरिरहेको उत्पादन अभियानलाई यो वर्ष अरु प्रभावकारी बनाउने, त्यसका लागि असार १० देखि ३० सम्म श्रम र उत्पादनका लागि बिदा दिने, पार्टी कोषका लागि पार्टी र आम नागरिकमा ३ महिने सहकार्य अभियान चलाउने, सहकारीमा सरकारसँगको सहकार्य अगाडि बढाउने जनाएको छ । विश्व शान्तिका लागि नेकपाले समाजवाद आवश्यक रहेको भन्दै जेठ ७ मा प्रदर्शन गर्ने भएको छ । ‘पार्टीका नेता–कार्यकर्ताले सरल जीवन र कडा मिहिनेतको सी संस्कृतिलाई लागू गर्ने, धार्मिक अन्धविश्वासका विरुद्ध विज्ञानको प्रचारमा जोड दिने, सामना परिवारलाई अभियानमा सहभागी गराउने संगीत अभियात्रालाई सहयोग गर्ने, जनताको मौलिक एवं प्राकृतिक संस्कृतिहरुलाई सहयोग पुर्‍याउने निर्णय लिइएको छ,’ बैठकले निर्णय गरेको छ ।

Like