प्रहरी अनुसन्धान अघि बढ्दा पार्टीभित्र समस्या रहेको प्रहरी प्रतिवेदन राप्रपा कुटपिट घटना

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १४,

मुलुकमा डेढ महिनाअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय धुम्बराहीमा भएको कुटपिट घटनाको अनुसन्धान प्रहरीले अघि बढाएपछि पार्टीभित्र समस्या सिर्जना भएको छ। कालिकोटको पलाँता गाउँपालिका घरभई काठमाडौँको निलोपुल बस्दै आएका ३१ वर्षीय बम किटानी जाहेरी परेको ४५ दिन पछि बिहीबार पक्राउ परेका हुन्। उनलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेर हिरासतमा राखी अनुसन्धान थालेको छ। घटनामा दोषी भनिएका राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव (निलम्बित) निराजन बमलाई प्रहरीले पक्राउ परी अनुसन्धान थालेपछि नेताहरू विभाजित बनेका छन्। बम पक्राउ परेपछि राप्रपाको एउटा पक्ष उनलाई छुटाउन लागेको छ भने, अर्को पक्ष घटनाको सत्यतथ्य अनुसन्धान भएर कारबाही हुनुपर्ने भन्दै दबाब बढाउन लागेको छ। जसले पार्टीभित्रका गुटहरू सक्रिय भएर आमनेसामने भएको स्रोतले बतायो। श्रेष्ठ भने आफ्नो अडानबाट टसमस भएका छैनन्। ‘आफ्नो जीवनकालमा भ्रष्टाचार र तस्करहरूको विरुद्ध र देशहित तथा राष्ट्रवादका पक्षमा लडेको मान्छे हुँ,’ सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक९एआइजी० समेत रहेका श्रेष्ठले भने, ‘अहिले म माथि नै भएको यस्तो साङ्घातिक हमला कसरी सहन सक्छु । बम पक्राउ परे लगत्तै बिहीबारै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, कुन्ती शाही, केन्द्रीय सदस्य जनकराज पाठकलगायतका नेताहरू उनलाई छुटाउन प्रहरी वृत्त महाराजगञ्ज पुगेका थिए। बम पक्राउ परेपछि उक्त समूहले जाहेरी फिर्ता लिन जाहेरकर्ता कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठलाई दबाब बढाएका छन्। घटनाले पार्टीलाई क्षति पुग्ने भन्दै मिलापत्र गराउने उनीहरूले प्रयास रहेको स्रोत बताउँछ। पार्टीभित्रबाट दबाब आएको बताउँदै श्रेष्ठले आफू कसैको दबाब र प्रभावमा जाहेरी फिर्ता नलिने अडान लिएको दाबी गरे। उनले भने, ‘रवीन्द्र (वरिष्ठ उपाध्यक्ष मिश्र) मेरो असल मित्र हो। तर, उहाँले एउटा हिंस्रक व्यक्तिलाई बचाउन भूमिका खेलिरहनुभएको छ। उहाँले मलाई धेरै पटक फोन पनि गर्नुभएको छ, मैले उठाएको छैन।’ ढिलोगरी अनुसन्धान थालेकामा पनि श्रेष्ठले असन्तुष्टि व्यक्त गरे। ‘यत्रो डेढ महिनासम्म प्रहरी के हेरेर बसेको छ रु मैले ज्यान मार्ने कसुरमा जाहेरी दिएको व्यक्ति संसद्मा घुमिरहेका छन्। मैले यो कुरा सनाखत गर्न जाँदा प्रहरीलाई भनेको छु,’ उनले भने।
गएको फागुन २७ गते पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय अनुशासन समितिले सिफारिस गरेको विषयमा कार्यसम्पादन समितिको बैठक बसिरहेको थियो। सोही बैठकमा पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे र कार्यसम्पादन समिति सदस्य श्रेष्ठबीच भनाभन भएको थियो। यसैबीचमा बैठक केहीबेर चलेर ‘ब्रेक’भएपछि बाहिर निस्किनेक्रममा श्रेष्ठमाथि एउटा समूहले कुटपिट गरेको थियो। उक्त कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल पनि भएको थियो। उक्त ‘क्लिप’ घटनाको आंशिक मात्रै रहेको श्रेष्ठले दाबी गर्ने गरेका छन्। श्रेष्ठले पाण्डेलाई ‘भ्रष्टाचारी’ र ‘तस्कर’ भनेर टिप्पणी गरेपछि पाण्डे आक्रोशित बनेर केहीबेर बैठकबाट बाहिर निस्किएको बताइन्छ। त्यसपछि उनी फेरी फर्केर बैठकमा आएका थिए। ‘मलाई तल भ¥याङमा ओर्लिदा बाटो छेकेर धेरै कुटपिट भएको छ। आफ्नो प्रतिरक्षा गरेर जोगिएको हुँ,’ नागरिकसँगको कुराकानीमा उनले भने,‘फर्किएर अध्यक्ष (राजेन्द्र लिङदेन) को कार्यकक्षमा जाँदा भएको घटनाको मात्र त्यो भिडिओ हो।’ उक्त कुटपिटबाट आफ्नो कान नसुन्ने समस्या भएको उनको दाबी छ। तर, श्रेष्ठले त्यत्तिले चित्त बुझाएनन्। उनले फागुन २९ गते नै उपाध्यक्ष पाण्डेसहित पाँच जनालाई विपक्षी बनाएर ‘ज्यान मार्ने उद्योग कसूर’मा अनुसन्धान र कारबाहीको माग गर्दै प्रहरी वृत्त महाराजगञ्जमा आधिकारिक रुपमा जाहेरी दरखास्त दिएका थिए। जसमा थप एक जना राप्रपाका केन्द्रीय सदस्य हिक्मत कार्कीको पनि नाम उल्लेख छ। ‘कार्की त्यहाँ उपस्थित नभएको भनेर उम्काउन खोजिँदै छ। तर, उनी नै खुट्टाले छेकेर कुटपिटमा उत्प्रेरित गराउने व्यक्ति हुन्,’ श्रेष्ठको आरोप छ। घटना उपाध्यक्ष पाण्डेकै योजनामा भएको श्रेष्ठले दाबी गर्दै आएका छन्। घटना लगत्तै उनले प्रहरीमा ठाडो उजुरी दिएका थिए। दोस्रो दिन बसेको राप्रपाको अनुशासन समितिको सिफारिसमा बम लगायत सहमहामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नं। ४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणालाई चार वर्षका लागि निलम्बन गरेको थियो। सहमहामन्त्री बलायर उपाध्यक्ष पाण्डेका स्वकीय सचिव पनि हुन्।

Like