Share to:

रासंसा/काठमाण्डौ, बैशाख ११,

श्रीगुरु चरन सरोज रज, निज मनु मुकुरु सुधारि।
बरनऊं रघुबर बिमल जसु, जो दायकु फल चारि।।
बुद्धिहीन तनु जानिके, सुमिरौं पवन-कुमार।
बल बुद्धि बिद्या देहु मोहिं, हरहु कलेस बिकार।।
जय हनुमान ज्ञान गुन सागर। जय कपीस तिहुं लोक उजागर।।
रामदूत अतुलित बल धामा। अंजनि-पुत्र पवनसुत नामा।।
महाबीर बिक्रम बजरंगी। कुमति निवार सुमति के संगी।।
कंचन बरन बिराज सुबेसा। कानन कुंडल कुंचित केसा।।
हाथ बज्र औ ध्वजा बिराजै। कांधे मूंज जनेऊ साजै।
संकर सुवन केसरीनंदन। तेज प्रताप महा जग बन्दन।।
विद्यावान गुनी अति चातुर। राम काज करिबे को आतुर।।
प्रभु चरित्र सुनिबे को रसिया। राम लखन सीता मन बसिया।।
सूक्ष्म रूप धरि सियहिं दिखावा। बिकट रूप धरि लंक जरावा।।
भीम रूप धरि असुर संहारे। रामचंद्र के काज संवारे।।
लाय सजीवन लखन जियाये। श्रीरघुबीर हरषि उर लाये।।
रघुपति कीन्ही बहुत बड़ाई। तुम मम प्रिय भरतहि सम भाई।।
सहस बदन तुम्हरो जस गावैं। अस कहि श्रीपति कंठ लगावैं।।
सनकादिक ब्रह्मादि मुनीसा। नारद सारद सहित अहीसा।।
जम कुबेर दिगपाल जहां ते। कबि कोबिद कहि सके कहां ते।।
तुम उपकार सुग्रीवहिं कीन्हा। राम मिलाय राज पद दीन्हा।।
तुम्हरो मंत्र बिभीषन माना। लंकेस्वर भए सब जग जाना।।
जुग सहस्र जोजन पर भानू। लील्यो ताहि मधुर फल जानू।।
प्रभु मुद्रिका मेलि मुख माहीं। जलधि लांघि गये अचरज नाहीं।।
दुर्गम काज जगत के जेते। सुगम अनुग्रह तुम्हरे तेते।।
राम दुआरे तुम रखवारे। होत न आज्ञा बिनु पैसारे।।
सब सुख लहै तुम्हारी सरना। तुम रक्षक काहू को डर ना।।
आपन तेज सम्हारो आपै। तीनों लोक हांक तें कांपै।।
भूत पिसाच निकट नहिं आवै। महाबीर जब नाम सुनावै।।
नासै रोग हरै सब पीरा। जपत निरंतर हनुमत बीरा।।
संकट तें हनुमान छुड़ावै। मन क्रम बचन ध्यान जो लावै।।
सब पर राम तपस्वी राजा। तिन के काज सकल तुम साजा।
और मनोरथ जो कोई लावै। सोइ अमित जीवन फल पावै।।
चारों जुग परताप तुम्हारा। है परसिद्ध जगत उजियारा।।
साधु-संत के तुम रखवारे। असुर निकंदन राम दुलारे।।
अष्ट सिद्धि नौ निधि के दाता। अस बर दीन जानकी माता।।
राम रसायन तुम्हरे पासा। सदा रहो रघुपति के दासा।।
तुम्हरे भजन राम को पावै। जनम-जनम के दुख बिसरावै।।
अन्तकाल रघुबर पुर जाई। जहां जन्म हरि-भक्त कहाई।।
और देवता चित्त न धरई। हनुमत सेइ सर्ब सुख करई।।
संकट कटै मिटै सब पीरा। जो सुमिरै हनुमत बलबीरा।।
जै जै जै हनुमान गोसाईं। कृपा करहु गुरुदेव की नाईं।।
जो सत बार पाठ कर कोई। छूटहि बंदि महा सुख होई।।
जो यह पढ़ै हनुमान चालीसा। होय सिद्धि साखी गौरीसा।।
तुलसीदास सदा हरि चेरा। कीजै नाथ हृदय मंह डेरा।।
पवन तनय संकट हरन, मंगल मूरति रूप।
राम लखन सीता सहित, हृदय बसहु सुर भूप।।

लोकतन्त्र दिवस
राजसँस्थाको पारिवारीक र जहानिँया प्रत्यक्ष शासन अन्त्य र लोकतान्त्रिक गणतन्त्रको संस्थागत पुनर्आगमन भएको दिन देशभर भव्यताका साथ मनाइँदैछ । २०६२ र ६३ को ऐतिहाँसिक दोश्रो जनआन्दोलन पश्चात बैशाख ११ गते निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । त्यतिबेला सशस्त्र युद्धरत तत्कालिन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरु बीच सम्पन्न १२ बुँदे सहमति पश्चात १९ दिने ऐतिहाँसिक जनआन्दोलन भएको थियो । जनताको प्रत्यक्ष शासन हुने व्यवस्थालाई नै लोकतन्त्र भनिन्छ । लोकतन्त्रमा जनतामा नै शक्ति केन्द्रित हुन्छ । जनताले छानेका नेतृत्वले नै शासन गर्ने गर्दछन् । जनआन्दोलनको सफलतासंगै युद्धरत नेकपा माओवादी शान्ति प्रक्रियामा फर्किएको थियो । आजैका दिन तत्कालिन राजा ज्ञानेन्द्र शाहले विघठित संसद् पुनःस्थापना गर्दै जनताको नासो जनतालाई नै दिएँ भनी शासनसत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बहिर्गमन भएका थिए । त्यहि बैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो ।
विक्रम सम्बत २०६२ र ०६३ को जनआन्दोलनका ज्ञात अज्ञात सम्पूर्ण शहीदहरुलाई सर्वप्रथम सम्झना, प्रजातन्त्र सेनानी सबैजना प्रजातान्त्रीक योद्धाहरु, विचारकहरु अनि जनयूद्धमा प्राण गुमाएका सपुतहरुलाई श्रद्धासुमन् । सबैजनाको महान बलिदान र तपस्याको कारण नै आज संघीय लोकतान्त्रीक नेपाल १७ औं लोकतान्त्रीक दिवसको संघारमा आईपुगेको छ । बैशाख ११ अर्थात नयाँ नेपालको खाँका कोरीएको सुनौलो दिन, नेपालीहरुमा शुभकामना । वर्षौसम्म राजसँस्था पद्धतिमा देशको मुख्य शाषक राजा रहने ब्यवस्था थियो । ४६ सालपछी संबैधानिक राजतन्त्रको स्थापना भएतापनि राजसँस्थाको वर्चस्व विभिन्न प्रकारमा शाषन पद्धतीमा रहिनैरहेको थियो । देशको शाषन पद्धतिमा मुख्य पदमा रहनकालागी राज परिवारमै जन्मिन पर्ने क्रमको अन्त्य गर्दै आज स्वतन्त्र लोकतान्त्रिक नेपालमा हामीमध्य जो कोहीले पनि राष्ट्रपती हुने संभावना बोकेका छौ । आजको मितीमा संघीय गणतान्त्रीक नेपालको दोश्रो राष्ट्रपती, नेपाली जनताकै छोरी महामहीम राष्ट्रपती विधादेवी भण्डारी पदासीन हुनुहुन्छ । आजको दिन महामहीम राष्ट्रपतीले राष्ट्र र राष्ट्रवासीको नाममा सन्देश दिने चलन छ ।
२०६२ अनि ०६३ कोआन्दोलनलाई नेपाली राजनीतिकै नयाँ मोड र अत्यन्त महत्वपूर्ण घडिका रूपमा लिइन्छ । देशलाई समृद्धिको बाटोमा हिडाउन संविधानसभाको यात्रा यहि आन्दोलनबाट सुरु भएको थियो । यसको फलस्वरुप सबै नेपालीको आकांक्षा पूरा गर्न २०७२ असोज ३ गते “नेपालको संविधान(२०७२)” जारी हुन सफल भयो ।
नेपालमा लोकतन्त्र दिवसको अवसरमा चोक चौताराहरुमा दिप प्रज्वलन, नगर तथा टोल सरसफाई, प्रभातफेरी र प्रवचन, जनआन्दोलनका शहीदहरुको सम्झना र घाइते तथा उनीहरुका परिवारलाई सम्मान गरिंदै आएको छ । आज मानवअधिकार र लोकतन्त्रका पक्षमा क्रियाशिल दर्जनौं संघसंस्थाहरुले खबरदारी सभाहरु आयोजना गर्ने गरेका छन् । उनीहरुले ऐतिहाँसिक आन्दोलन पश्चात गठन भएको संविधानसभाले जारी गरेको नेपालको संविधान(२०७२) को प्रभावकारी कार्यन्वयनका लागि सरकार समक्ष माग गर्ने गरेका छन् ।
हनुमान जयन्ती
हनुमान एउटा बाँदर देवता हुन् । कलियुगमा श- शरीर उपस्थित हुनु भएक भगवान केवल हनुमान मात्रै हुन् । उनी रामायणको सबैभन्दा दयावान् अनि शक्तिशाली पात्रका रुपमा चिनिन्छन् । ऐतिहासिक रूपमा अझै उत्खनन र अन्वेषण गर्नुपर्ने हनुमान, धार्मिक रूपमा एउटा कोशेढुङगा अनि सामाजिक रूपमा मानिसले पुजेका जनावर देवता हुन् ।
हनुमानकी आमा अञ्जना एउटी अप्सरा हुन् । अन्जानेरी पर्वतमा जन्मिएकी अन्जना आफूमाथि परेको श्रापको कारणले पृथ्वी लोकमा बसेकी हुन् । हनुमानका पिता सुमेरु पर्वतका राजा बृहस्पतिका छोरा केशरी हुन् । त्यसबाहेक, हनुमानका मतिमान, श्रुतिमान, केतुमान, गतिमान र धृतिमान नामक ५ साना भाइहरू छन्।
चकचके र चञ्चले स्वभावका हनुमानले साधु सन्तलाई दुःख दिने, ऋषिहरूको तपस्यामा बाधा पुर्याउने गर्थे । त्यसैले एकपटक एउटा ऋषिले उनलाई आफ्नो शक्ति बिर्सने र अरु कसैले सम्झाइ दिए मात्रै आफ्नो शक्तिको याद आउने श्राप दिन्छन् ।
आमा अञ्जनाले लामो समयसम्म भगवान् शिवको आराधना गरेपछि उनको आराधनाले भगवान् शिव प्रसन्न भए। त्यसपछि शिवले भगवान् वायुलाई आफ्नो पुरुष शक्ति अनि ऊर्जाहरूलाई केन्द्रित गरेर अञ्जनाको गर्भमा भरिदिन भनेपछि हनुमान गर्भमा आएकाले हनुमानलाई वायु पुत्र या पवन पुत्र भनिन्छ । हनुमान बाहेक महाभारतका कुन्तीपुत्र भीम पनि पवनपुत्र हुन् ।
रावणसँग युद्ध पश्चात् रामले बिदाइ गर्ने क्रममा हनुमानलाई उसको इच्छा सोध्दा हनुमानले संसारमा रामको नाम चलि रहुन्जेलसम्म आफू पृथ्वी लोकमै रही रहने इच्छा प्रकट गरेपछि भगवान् रामले वरदान दिनुभएको थियो । यसअर्थमा हनुमान जीवित देवताका रुपमा अझै पनि हामीमाझ छन् ।
हनुमान भगवान् रामका परम भक्त थिए । हनुमान प्रत्येक समय भगवान राम र सिताको सेवाको लागि तत्पर रहन्थे । उनको भक्ति भाव साह्रै अनुकरणीय छ । त्यसैले उनलाई भक्ति शिरोमणि भनिन्छ । त्यसबाहेक, हनुमानलाई बजरङ्गबली, केशरी नन्दन, पवन कुमार, मारुती, संकट मोचक आदि नामहरूले पनि चिनिन्छ ।
वनबास आएको बेला पत्नी सीता हराएकी चिन्तामा भएका रामको भेट आफ्नो भक्त हनुमानसँग भयो । हुन त भगवान् श्रीरामको जन्म भएपछि बालक रामको दर्शन गर्न हनुमान महादेव मदारीको रुप धारण गरि अयोध्या गएका थिए । उनले त्यसबेला बालक रामलाई आफ्नो वानर नृत्य देखाएर फर्किएका थिए ।
अंगद, जामवंतजस्ता वीरहरूले १०० योजन लामो समुन्द्र पार गर्न नसक्ने भएपछि श्री रामको आज्ञा मानेर समुन्द्रमा उफ्रिएर हनुमान पारि लङ्का पुगे, त्यहाँ पुगेर उनी लंकिनीहरुसँग बच्दै सीतालाई राखिएको अशोक वाटिका पुगे र श्रीरामको सन्देश सीतालाई दिए। त्यही अशोक वाटिकाको फलहरू तोडेर खाँदै गर्दा एकजना सैनिकले हनुमानलाई देखेर उनलाई बन्धक बनाएर रावणको अगाडि लागे । त्यहाँ रावणले सैनिकलाई हनुमानको पुच्छरमा आगो लगाउने आदेश दिए । हनुमानको पुच्छरमा आगो लागेपछि उनले त्यहीँ पुच्छरको आगोले एक ठाउँबाट अर्को ठाउँ उफ्रिदै गएर लङ्का जलाए । हनुमानले सीता माता बस्ने भएकाले अशोक वाटिका र श्री रामको नाम अंकित गरिएकाले विभीषणको घर भने जलाएनन् ।
लङ्कामा मेघनाथ र लक्ष्मण बीच युद्ध हुँदा मेघनाथको वाण लागेर लक्ष्मण घायल भए । आफ्नो भाइको त्यो अवस्था देखेर श्रीराम विलाप गर्न थाले । त्यसपछि एकजना वैधले लक्ष्मणलाई बचाउने सञ्जीवनी बुटी पर्वतमा पाइने बताएपछि हनुमानले त्यो पर्वत पुगे । तर त्यहाँ सञ्जीवनी बुटी कुन हो भनेर पत्ता लगाउन भने सकेनन् । त्यसपछि हनुमानले त्यो पर्वत नै उठाएर लक्ष्मण भएको ठाउँमा लिएर आए । त्यो सञ्जीवनी बुटी लगाएपछि लक्ष्मण ठिक हुन्छन् ।
लङ्कामा रावणको वध गरेर अयोध्या फर्किएपछि एकदिन सभामा माता सीताले हनुमानको शक्ति र उनले गरेको मद्दतको लागि उनलाई मोतीको हार दिन्छिन् । तर हनुमानले त्यो हार स्वीकार्दैनन् । हनुमानले यदि कुनै वस्तुमा राम नभए त्यो वस्तु आफूलाई स्वीकार्य नभएको बताउँछन् । त्यसपछि सभामा हनुमानको नशा नशामा राम नभए हनुमान नि बेकार भएको भनेर सबैले हनुमानलाई गिज्याउन थाल्छन् । त्यसपछि हनुमानले आफ्नो छाती चिरेर आफू भित्र भएको राम सिता सभामा भएका सबैलाई देखाइदिन्छन् ।
भगवान् हनुमानको पूजा नेपाल र भारतमा मात्र नभई बंगलादेश, म्यानमार, थाइल्यान्डमा लगायतका देशहरूमा गरिन्छ । थाइल्याण्डको सुवर्णभूमि विमानस्थलमा सुरक्षाको लागि भनेर हनुमानका दर्जनौँ मूर्ति राखिएका छन् । त्यहाँको स्थानीय भाषामा भने भगवान हनुमानलाई अर्कै नामले पुकारा गरिन्छ।
लङ्काबाट अयोध्या फर्किएपछि सीताको सिउँदोमा सिन्दूर देखेर हनुमानले जिज्ञासा प्रकट गर्दछन् । सीताले यो विवाहित महिलाले आफ्नो पतिको जीवनको दीर्घायुको लागि लगाउने गर्छन् भनेर जवाफ दिनु हुन्छ । यो सुन्ने बितिक्कै हनुमानले पनि आफ्नो पुरै शरीरमा सिन्दूर लगाउँछन् । यो देखेर भगवान रामले प्रसन्न हुँदै भन्नु हुन्छ कि जो कोहीले हनुमानलाई सिन्दूर लगाइदिन्छन् उनीहरूको बाधा , कठिनाइ दुःखहरू जीवनबाट हट्ने छन् ।
शास्त्र अनुसार भगवान हनुमानको जन्म मङ्गलवार भएकाले मङ्गलवार हनुमानको पूजा गरिन्छ । त्यसबाहेक, भगवान् हनुमानको पूजा शनिवार पनि गरिन्छ ।

हनुमान चालिसा हनुमानको सम्पूर्ण चरित्रको वर्णन हो । यो गाएर सजिलै हनुमानको भक्ति गर्न सकिन्छ ।
पूर्णिमा व्रत

शुक्ल पक्षको अन्तिम दिन अर्थात् पूर्णिमामा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो हुने हुँदा यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वासका साथ पूर्णिमा व्रत बसिन्छ । वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्व बलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम स्मरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटाबोलिक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ । पूर्णिमा व्रतका दिन विशेष कुन भगवानको पूजा अर्चना गरिन्छ ? पूर्णिमाको दिन विशेष भगवान् शिव र विष्णुको आराधना गरिन्छ ।
यस दिनको व्रत बिहान सूर्योदयको समयबाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसैले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ ।
वैशाख स्नान
वैशाख स्नान किन विशेष छ ?
न माधवसमो मासों न कृतेन युगं समम्।
न च वेदसमं शास्त्रं न तीर्थं गंगया समम्।।
अर्थात् वैशाख समान कुनै महिना छैन । सत्ययुग समान कुनै युग छैन । वेद समान कुनै शास्त्र छैन र गङ्गाजी समान कुनै तीर्थ छैन । चैत्र पूर्णिमाबाट वैशाख स्नान सुरुवात भएको छ । आजबाट तीर्थमा जाने, जल कुण्डमा जाने, पवित्र स्नान गर्ने र भगवानको स्मृति गर्नाले सम्पूर्ण पाप नास भइ मोक्ष प्राप्त हुने विश्वास रहेको छ ।
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस
यूनेस्कोले सन् १९९५ को आफ्नो साधारण सभाको वैठकमा एप्रिल २३ लाई विश्वभरिका लेखक लाई प्रेरित गर्न, लेखनलाई उत्साहीत गर्न र लेखकहरुको सम्मानस्वरुप विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवसमनाउने निर्णय गरेको हो । सन् १६१६ मा २३ अप्रिलकै दिन शेक्सपियर अनि गारसिलासो डेला भेगा जस्ता यूगान्कारी लेखक र साहीत्यकारको मृत्यू भएको थियो । त्यसैले २३ अप्रिलका दिन विश्व पुस्तक दिवस मनाइन्छ । पहिला स्पेनका लेखक मिग्वेल डी क्रेभान्टेसको सम्मानमा अप्रिल ७ मा यो दिवस मनाउने गरिएको थियो । तर पछि उनको निधन पनि २३ अप्रिलमा भएपछि यस दिवसलाई यही दिन सारिएको हो ।
सर्जकहरूले सृजना गरेको बौद्धिक सम्पत्तिको रक्षा गर्न अनि सर्जकका रचनाहरूको अनधिकृत प्रयोगलाई रोकथाम गरि यो कार्य अवैध हो भनी सचेतना बढाउन प्रतिलिपि अधिकार दिवस मनाइन्छ। लेखक वा मौलिक कामका सिर्जनाकर्ताहरूलाई सामान्यतया सीमित समयको लागि विशेष अधिकारहरू प्रदान गर्न सरकारहरू द्वारा लागू गरिएको अधिकार हो। यो एक कानूनी अवधारणा हो । नेपालमा सर्वप्रथम वि.सं. २०२२ मा प्रतिलिपि सम्बन्धी कानुन लागू भएको थियो । अहिले प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ ले रचनाकारहरूको हकहितमा काम गर्दै आएको छ । विश्वभरि १०० वटा भन्दा धेरै देशमा शैक्षिक संस्था, सार्वजनिक निकाय, व्यावसायिक समूह र निजी व्यवसायहरूद्वारा विभिन्न पुस्तक प्रदर्शनी, प्रतियोगिता, गोष्ठी तथा सेमिनार, सम्मान कार्यक्रम आदि आयोजना गरेर विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस मनाइन्छ

Like