एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ परे

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ६,

मुलुकमा अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। एन्फाका उपाध्यक्ष लामा बुधबार काठमाडौंबाट पक्राउ परेका हुन्। उच्च अदालत पाटनबाट लामालाई लागुऔषध खैरो हिरोइन बेचबिखनको कसुरमा दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो। लामा कैद र जरिवाना भुक्तान नगरी फरार रहेका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरले लागुऔषध मुद्दामा दोषी ठहर भएका लामालाई पक्राउ गरिएको जानकारी दिए।उनका अनुसार लामा लागुऔषध मुद्दाका फरार प्रतिवादी हुन्। उनलाई कैद भुक्तानका लागि पक्राउ गरिएको हो। प्रहरीले लामालाई पक्राउ गरेर अदालत पेश गर्ने तयारी गरिरहेको छ।

Like