भूकम्पको धक्का न्यूयोर्कमा

Share to:

एजेन्सी,

न्यू जर्सी नजिकै आएको यो भूकम्पको धक्का पेन्सिलभेनियादेखि कनेक्टिकटसम्म महसुस गरिएको जनाइएको छ। अधिकारीहरु अहिले भूकम्पबाट भएको क्षतिको आँकलन भइरहेको जनाएका छन्। न्यूयोर्कमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ। उक्त भूकम्प ४ दशमलव ८ म्याग्निच्युडको भएको जनाइएको छ। युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पपछि कम्तिमा ६ वटा पराकम्पन महसुस गरिएको थियो, जसमध्ये एउटा ४ म्याग्निच्युडको थियो। भूकम्प जाँदा संयुक्त राष्ट्र सुरक्षा परिषद्को मुख्यालयमा गाजासम्बन्धी बैठक चलिरहेको थियो । तर भूकम्पका कारण केही समय रोकिनुपरेको बीबीसी समाचारमा उल्लेख छ। न्यूयोर्क शहर र न्यू जर्सीका केही भागहरूमा भवनहरू क्षतिग्रस्त भएका छन्। अमेरिकाको पूर्वी तटीय क्षेत्रलाई भूकम्पको जोखिममुक्त क्षेत्र मानिएको छ। यो भूकम्प १४० वर्षपछि आएको बताइएको छ । जियोलोजिकल सर्भेका अनुसार लाखौं वर्ष पहिले यहाँ सक्रिय टेक्टोनिक प्लेट थियो तर पछि निष्क्रिय भएको थियो। उनीहरुका अनुसार फेरि टेक्टोनिक प्लेट सक्रिय भएको हुनसक्ने बताइएको छ।

Like