स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुर शाखाको पाचौ साधारण सभा तथा चौथो जिल्ला अधिवेशन सम्पन्न
रासंसा/भक्तपुर, चैत्र २४,
मुलुकमा स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुर शाखाको पाचौ साधारण सभा तथा चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शाखा अध्यक्ष सुरेश प्रसाद सैंजुको अध्यक्षतामा भएको सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष ड़ा. के. बि. सम्राटको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथिहरुमा गोर्खा इको प्यानेलाका महाप्रबन्धक ई. जीवन खैतु र स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्सद एवं संस्थापक सदस्य प्राध्यापक कृष्ण किसीको उपस्थिति थियो । संघको देशभर झण्डै तीन दर्जन जिल्लाहरुमा जिल्ला शाखाहरु रहेका छन् । अधिवेशनबाट सचिव प्रेम प्रजापतिको भाबी योजना र वार्षिक प्रतिवेदन पारित गरिएको छ भने कोषाध्यक्ष अनिल कोजुले आर्थिक प्रतिवेदन पनि पारित भएको छ । कार्यक्रममा गोर्खा इको प्यानेलाका महाप्रबन्धक ई. जीवन खातुले भक्तपुर शाखालाई आवश्यक प्रेस ज्याकेट प्रदान गर्नुभएको थियो । यसको केन्द्रिय कार्यालय भने पोखरामा छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट संघका वरिष्ठ उपाध्यक्ष ड़ा. के. बि. सम्राटले जिल्ला सदस्यहौर्लाई उत्साहित गर्दै भक्तपुर जिल्ला एक स्वतन्त्रको प्रतिक बना सकोस भन्दै राज्यको चौथो अंग भएर राजनीति पार्टीको भात्री संगठनको रुपमा रहनु आफैमा लज्जास्पद हो भन्दै स्वतन्त्र अब साच्चिकै स्वतन्त्र रहेर जनतामा सुसुचित समाचार निष्पक्ष र स्वतन्त्र हुने छ भन्नुभयो । संघका राष्ट्रिय पार्सद प्राध्यापक कृष्ण किसिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई इंकित गर्दै स्वतन्त्र पत्रकार संघ कुनै पनि भात्री संगठन नाराकेहो जानकारी गराउनु भयो । अधिवेशनले अहिलेलाई जल्ला अध्यक्ष सुरेश प्रसाद सैजुको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन भएको छ । अधिवेशनको समापन जिल्ला अध्यक्ष सुरेश प्रसाद सैजुले आगामी दिनहरुमा स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुर जिल्लालाई अझ अघि बढाउनेमा कुनै दुइ मत नरहेको बताउनु भएको थियो ।