कांग्रेसको गृहमन्त्रीको विषयमा अडान कायमै, रोष्टममा जान नदिने

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २०,

मुलुकमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्नुपर्ने मागप्रति सरकार गैरजिम्मेवार देखिएको बताएका छन्। यसले उनीमाथि आरोप पुष्टि हुने वातावरण बनेको कांग्रेसको निष्कर्ष छ। सदनमा गृहमन्त्रीले बोल्ने कार्यसूची तय भएमा त्यसपछि उत्पन्न हुने पस्थितिको जिम्मेवार सरकार हुने बताए। ‘संसदीय छानबिनले गृहमन्त्रीमाथि लागेको आरोप हो/होइन भनेर थाहा हुन्थ्यो। उहाँलाई यो अवसर पनि थियो। हिचकिचाउनुपर्ने कुनै कारण थिए। तर, सरकारले हाम्रो मागलाई बेवास्ता गर्‍यो। यसले केही न केही समस्या रहेको देखाउँछ,’ उनले भने। पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले सहकारी ठगीसम्बन्धी विवादलाई लिएर गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै रहेको बताए। उनले जबरजस्ती संसद अगाडि बढाउन खोजे कांग्रेसले अवरोध गर्ने प्रष्ट पारे। ‘त्यो परिस्थिति सरकारले नै बनाएको हो। सदन अवरोध गर्ने अवस्था आयो भने कांग्रेस पछि हट्दैन,’ उनले भने।

Like