एमाले पार्टी कार्यालयको रास्वपाले अध्ययन भ्रमण गर्यो
रासंसा/काठमाण्डौ, चैत्र १५,
मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेको पार्टी कार्यालयको भ्रमण गरेको छ । बिहीबार रास्वपाका महामन्त्री डा. मुकुल ढकाल नेतृत्वको टोली ललितपुरको च्यासलस्थित एमालेको पार्टी कार्यालय भ्रमणमा पुगेको हो । महामन्त्री डा। मुकुलको टोलीमा पार्टी केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी तथा कर्मचारीहरू शुभराज शिल्पकार, सेनु लामा लगायतको सहभागिता थियो । राजनीतिक दलको आन्तरिक प्रशासन एवं व्यवस्थापनका बारेमा ढकालको टोलीले एमालेको केन्द्रीय कार्यालयमा आपसी अध्ययन भ्रमण गरेको रास्वापाले जनाएको छ । भ्रमणका क्रममा एमाले महासचिव शंकर पोखरल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई तथा कार्यालय सचिव भीष्म अधिकारी लगायतसँग छलफल भएको रास्वपाले जनाएको छ । ढकालको टोलीलाई एमालेका नेताहरूले पार्टी कार्यालयका आन्तरिक व्यवस्थापनका विविध पक्षहरूबारे जानकारी दिएको थिए ।