प्रसाईंका बडीगार्डलाई मेसिनगनसहित पक्राउ परेका पाँच दिन हिरासतमा राख्न अनुमति
रासंसा/काठमाण्डौ, चैत्र ७,
मुलुकमा सर्वोच्च अदालतपरिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंका दुईजना बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। उनले भने, ‘सर्वोच्च अदालतपरिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका खड्का र धिमाललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ, उनीहरूमाथि हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।’ सर्वोच्च अदालतपरिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका– ३ का दीपक खड्का र अर्का व्यक्ति रामकुमार धिमाललाई जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राख]र अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए।