अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

कालिञ्चोकमा हिमपात

Share to:

रासंसा/दोलखा, फाल्गुण २०,

मुलुकमा दोलखामा रहेको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक, रामेछाप र दोलखाको संगम स्थल शैलुङलगायतका उच्च हिमाली भेगमा हिमपात भएको छ। कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू-भागमा सामान्य वर्षासहित हिमपात सुरु भएको हो। हिउँ परेपछि दोलखाको चर्चित पर्यटकीयस्थल कालिञ्चोकमा आन्तरिक पर्यटकको त्यसतर्फ लागेका छन्। कालिञ्चोक जाँदा हिँउ खेल्न पनि पाउने र भगवानको दर्शन पनि गर्न पाइने भएकाले उक्त स्थानमा पर्यटकको आवागमन हुने गरेको छ। नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाशाखाका अनुसार काठमाडौं उपत्यकासहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आइतबार बिहान जारी बुलेटिनमा दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम बर्षा र बाँकी भू-भागको थोरै स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

Like