प्रधानमन्त्रीले दिए भजन शिरोमणिलाई श्रद्धाञ्जली
रासंसा/काठमाण्डौ, फाल्गुण १५,
मुलुकमा प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। मंगलबार दिउँसो नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगेर प्रधानमन्त्री प्रचण्डले आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्दै श्रद्धाञ्जली दिएका हुन्। अन्तिम श्रद्धाञ्जलीका लागि आचार्यको पार्थिव शरीर बिहान ११ बजेदेखि प्रज्ञा प्रतिष्ठानमा राखिएको छ। उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्तिम दाहासंस्कार गरिनेछ। आचार्यलाई श्रद्धाञ्जली दिन गृहमन्त्री नारायणकाजी श्रेष्ठ,पर्यटनमन्त्री सुदन किराती,पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली,विभिन्न दलका नेता,शुभचिन्तक,गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकार,सर्वसाधारणलगायत नाट्य प्रज्ञा–प्रतिष्ठानमा पुगेका छन्। भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार साँझ ८१ वर्षको उमेरमा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो आचार्यले ‘मुटु जलिरहेछ…’,‘जहाँ छन् बुद्धका आँखा…’,‘हजार सपनाहरूको…’,लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिएका छन् । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै छन्। संगीतकर्मीहरूले आचार्यका कालजयी गीतहरू ‘जहाँ छन् बुद्धका आँखा,’हजार गायर अन्तिम श्रद्धाञ्जली दिएका थिए।