उपकुलपतिका लागि बराल, धमला र बुढाथोकीको नाम त्रिभुवन विश्वविद्यालयको सिफारिस

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण ०७,

मुलुकमा राजनीतिक कारणले विभिन्न निकायमा प्रमुख नियुक्तिमा अवरोध सृजना बहेको आज मात्र होइन चल्दै आएको चलन हो । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएलगत्तै आइतबार उपकुलपति सिफारिस समितिको बैठकले केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको हो । तीमध्ये एक जनाको आवेदन अस्वीकृत गरिएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए। सर्टलिष्टमा परेका १४ जनाको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो । त्यसपछि आज अन्तर्वार्ता लिइएको थियो। उपकुलपतिका लागि बराल, धमला र बुढाथोकीको नाम सिफारिस गरिएको सिफारिस समितिकी सदस्य चन्द्रकला घिमिरेले जानकारी दिइन् । उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए ।

Like