स्वतन्त्र पत्रकर संघ नेपालको उपत्यका भेलाको आव्हावन
रासंसा/काठमाण्डौं, माघ २७,
स्वतन्त्र पत्रकर संघ नेपाल काठमाडौं जिल्ला अध्यक्ष तथा उपत्यका सयोजक पुष्कर राज पाण्डेद्वारा उपत्यका भेलाको आव्हावन गरेका छन्।
स्वतन्त्र पत्रकर संघ नेपालको आउदै गरेको १३ औ साधारण सभा तथा ७ औ महाधिवेशनलाई लक्षित गरि उपत्यका भेला गर्न लागेको र लामो समय देखि संघको उपत्यका भेला पनि गर्न नसकिएकोले संघको काम काजलाई तदारुकताकासाथ आगामि दिनमा अगाडी बढाउने लक्षका साथ उक्त भेला गर्न लागेको पाण्डेले बताउदै २०८० चैत्र मसान्त सम्म सबै जिल्लाहरुको पनि अधिबेशन गरिसक्नु पर्ने र नयां र सक्षम ब्यक्तिलाई अगाडी सारिनु पर्ने, संघको केन्द्रीय महाधिवेशनले संघलाई नेतृत्व लिन सक्ने र पत्रकराहरुको हक हितको लागि काम गर्न सक्ने ब्यक्तिलाई अगाडि सारिनु पर्ने भएकाले केन्द्रको राजधानि काठमाडौं जिल्लाको अध्यक्ष र उपत्यका सम्योजकको नाताले उक्त भेला आह्वान गरेको पाण्डेले बताए । पाण्डेले लगातार दुई पटक सम्म काठमाडौंको नेतृत्व समालिसकेको एक कुशल, सरल, नेतृत्व लिन सक्ने, आफ्नो काम प्रति अडिग शालिन ब्यक्तित्वको रुपमा परिचित छन । उनको नेतृत्वमा पत्रकारको हक हितको लागि धेरै काम गरेका छन । साथै कोभिडको समयमा श्रमजिवि पत्रकारहरुको सहजकताको लागि स्वास्थ्य सामग्री र खाद्यान्न बितरणको शुरुवातनै गर्ने काठमाडौं जिल्ला थियो त्यस समय उक्त काम पाण्डेको नेतृत्वमा समेत भएको थियो ।
उपत्यका भेला फागुनको दोस्रो साता गर्ने त्यसको लागि फागुनको २ गते काठमाडौं जिल्लाको बैठकले उपत्यकाको ३ जिल्ला मध्ये कुन जिल्लामा गर्ने कुन स्थान र कुन समय गर्ने निर्णय गरिने काठमाडौं जिल्ला उपाध्यक्ष साबित्री बस्नेतले बताईन् ।