शहीद स्मृति दिवसको अवसरमा खुला चौरमा किन राखियो डस्बिन ?

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, माघ २३,

नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसिलए) व्यास नगर समितिद्धारा मंगलबार दमौली स्थित खुला चौरमा डस्बिन राखिएको छ । साउने पानी सामुहिक घटना तथा शहीद दिवसको अवसरमा १० वटा डस्बिन राखिएको हो ।
डस्बिन वितरण कार्यक्रमको उद्घाटन गर्दै माओवादी केन्द्र गण्डकी प्रदेशका सहसचिव अतिन्द्रकेशरी न्यौपानेले यस्ता कार्यक्रमले शहीदको योगदानबारे भावी पुस्तालाई जानकारी लिन टेवा पुग्ने बताए ।
साथै उनले जथाभावी फोहोर फाल्न हुँदैन भन्ने सन्देश प्रवाहको लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनु पर्ने बताए । कार्यक्रममा वाइसिल व्यास नगर समितिका अध्यक्ष श्रीकृष्ण बराललेले दमौलीमा धेरै मानिसहरु भाडाका घर बस्ने र सरकारी कामको लागि दमौली आएका व्यक्ति चोरमा आएर घाम ताप्ने स्थान भएको तर फोहोर बढेकाले कुरुप हुँदा डस्बिन राखिएको
बताए ।

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला नेता रामचन्द्र सापकोटा, वाईसिएलका जिल्ला अध्यक्ष बादल आले लगायतले नगरको प्रतिष्ठाको लागि स्वच्छ र सफा हुनु आवश्यक भएकोले यस्ता सिर्जनात्मक काम गरिनु जरुरी रहेको कुरामा जोड दिएका थिए ।

Like