४३ अधिकृतहरू उपसचिव बढुवाका लागि सिफारिस

Share to:

रासंसा/काठमाण्डौं, माघ २०,

मुलुकमा सरकारका ४३ अधिकृतहरू उपसचिव बढुवाका लागि सिफारिस भएका छन् । ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा समितिको बिहीवार सिंहदरवारमा बसेको बैठकले ती अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयस्थित बढुवा समितिको सचिवालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह र लेखा समूहका राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)लाई राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस गरिएकाहरूमा सामान्य प्रशासन समूहका ३४ र लेखा समूहका ९ जना गरी ४३ जना छन् ।

Like