५ लाख रुपैयाँ बढी मुगु उद्योग कार्यालयद्वारा राजश्व संकलन

Share to:

रासंसा/मुगु, माघ १३,

मुलुकमा जिल्लामा रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुले जिल्लामा उद्यमीहरुले दर्ता गरेका साना तथा ठुला उद्योग दर्ता फर्ममा लाग्ने शुल्क वापत नयाँ दर्ता, नवीकरण गरे वापत कार्यालयले चालु आर्थिक बर्ष ०८०–८१को हालसम्म ५ लाख ३१ हजार ५ सय ५० राजश्व असुली गरेको छ । उक्त खारेजीमा बाणिज्यतर्फ ६ वटा र उद्योगतर्फ ५ वटा फर्म खारेजी गरेको र १–१ वटा फर्मको नामसारी गरेको र दुईवटा साना उद्योग फर्मलाई ठाउँ सारी गरेको जिल्ला उद्योग तथा हित संरक्षण कार्यालयका मुगुका कार्यालय प्रमुख हरिबहादुर वलीले जानकारी दिए । जिल्लामा दर्ता भएका साना तथा कुटुरी उद्योगहरु दर्ता गरे वापत शुल्कबापत कार्यालयले राजश्व संकलन गरेको हो । चालु आ.वा ०८०–०८१ मा उद्योगतर्फ नवीकरण ९० वटा साना उद्योग दर्ता भएका छन । बाणिज्यतर्फ ७७ वटा नवीकरण भएका छन् । उद्योगतर्फ नयाँ दर्ता ७६ गरीएको छ साथै वाणिज्यमा नयाँ दर्ता २१ वटा गरिएको छ । कार्यालयमा दर्ता भएका केही फर्महरुलाई पनी खारेजी गरेको छ । साथै उक्त कार्यालयले उपभोक्ताको हितको लागी दैनिक उपभोग्य बस्तुलाई उपभोक्ता माझ ब्यापारीले कस्तो किसीमको सामान तथा दैनिक उपभोग्य बस्तु उपभोक्रालाई बेचिरहेका छन भन्ने हेतुले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुले चालु आर्थिक वर्ष ०८०–८१ मा छायानाथ रारा नगरपालिका को गमगढी बजार लगाएत अन्य केही बजारमा ४ पटक अनुगमन गरेको र १ पटक कार्मारोङ गाउँ पालिकाको छाईल बजारमा अनुगमन गर्दा ब्यापारीले म्याद समाप्त र अखाद्य वस्तु बेचेको पाईदा बरामद गरी ६१ हजार १ सय ५५ वरावरको सामान नष्ट गरीएको र त्यस्ता सामान बेच्नेलाई पनी जरीवाना गरी २१ हजार ५सय असुली गरेको कार्यालय प्रमुख वलीले बताए । जिल्लामा स्थानिय कच्चा प्रदार्थ र वस्तुलाई उपयोगमा ल्याई उत्पादित गर्नका लागी कुटुरी उद्योग संचालनमा ल्याईएका भएपनी प्रविधीको अभाव देखाउदै स्थानिय स्तरमा उद्योग संचालनका लागी उद्योग तथा हित संरक्षण कार्यालयम मुगुमा दर्ता भएका एक हजार भन्दा बढी साना उद्योगहरु संचालनमा ल्याउन नसकी उद्योगीले दर्तामै सिमीत राखेका छन् । वर्षेनी साना तथा कुटुरी उद्योग संचालनका लागी उद्यमीहरुले उद्योगको नाममा दर्ता गरेपनी कुटुरी उद्यमीहरु सरकारी एवं गैर सरकारीको अनुदानमा भर पर्दै जाँदा निजी लगानीमा संचालन गर्ने लगानीकोअभाव र व्यवस्थित गर्न नसक्दा जिल्लामा त्यस्ता उद्यमीहरुको कुटुरी उद्योग वन्द हुदै गएका छन , भने केही साना उद्योगलाई केही मात्रामा शुरुमा सरकारी अनुदान दिएर केही मुनाफा कमाई र्सचालनमा पनी रहेका छन । साना उद्योगीहरुले व्यावासाहिकरुप दिएर स्थानिय कच्चा प्रदार्थको उपयोग गरी स्थानिय जनशक्तीलाई रोजगारी श्रृजना हुने हेतुले साना उद्योग संचालनका लागी १ करोड जेथा भएकालाई ईजाजत दिने र साना उद्योग संचालनमा ल्याउन निजी लगानी गरीनु पर्ने भएपनी मुगुमा भने उद्योग संचालन गर्न आवश्यक प्रविधी उपलव्ध गर्न कठिनाई झेल्दै आउदा साना उद्योग संचालकहरुले उद्योग संचालन गर्न सकेका छैनन्। आवश्यक पुर्वाधार, वातावरिणय अनुकुलता नमिल्दा जिल्लामा संचालनहुने स्थानमा यातायातको असुविधाले वर्षेनी राजश्व तिरेर ईजाजत वचाउने गरेको उद्योगीहरु बताउँछन । चालु आर्थिक वर्ष ०८०–८१ को हालसम्म मात्रै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा मुगुको तथ्याङक अनुसार उत्पादनमुलक, उर्जामुलक,कृषी तथा वन, खनिज, सेवामुलक जस्ता उद्योगतर्फ १९ सय ६ उद्योगहरु दर्ता भएका छन भने वाणिज्य तर्फका साना ठुला फर्म गरेर ५ सय ५७ दर्ता भएको तथ्याङकले देखाएको छ, वाणिज्य तर्फ व्यावासाहिक र्फम संचालका निम्ती १ हजार ६६ दर्ता उद्यमीले दर्ता गरेका छन ।

Like