राष्ट्रिय सभा निर्वाचनमा ५१ उम्मेदवार मात्रै
रासंसा/काठमाण्डौ, पौष २८,
मुलुकमा दुवै उजुरीमा दाबी नपुग्ने भन्दै सम्बन्धित निर्वाचन अधिकृतले निर्णय गरेर उम्मेदवारी कायम गरेका छन् । उजुरीमाथि सम्बन्धित निर्वाचन अधिकृतले निर्णय दिनुभयो । उजुरीमा दाबी पुगेन । दाबी गर्ने प्रमाण पुगेन । यसैगरी, लुम्बिनी प्रदेशमा राप्रपाबाट अन्य समूहतर्फका उम्मेदवार निरञ्जनकुमार थापाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचनका लागि २३ पुसमा सातै प्रदेशबाट १९ सिटमा आठ दलबाट ५२ जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये एकजनाले उम्मेदवारी फिर्ता लिएका छन् । सुदूरपश्चिमबाट अपांगता वा अल्पसंख्यक क्लस्टरमा उम्मेदवार बनेका कांग्रेसका नारायणदत्त भट्टविरुद्ध अपांगताको प्रमाण नपुगेको भन्दै उजुरी परेको थियो । कर्णालीमा माओवादीबाट दलित कोटामा उम्मेदवार बनेका विष्णुबहादुर विकविरुद्ध बन्दसूचीमा नाम रहेको भन्दै उजुरी परेको थियो । निर्वाचन आयोगले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि ५१ उम्मेदवार कायम गरेको छ । शुक्रबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको आयोगले ५१ उम्मेदवारलाई मान्यता दिएको हो । कायम भएका उम्मेदवारलाई आयोगले शनिबार निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ । सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न दिने प्रवक्ता पौडेलले बताए । चुनाव चिह्न पाएपछि उम्मेदवारको औपचारिक रूपमा प्रचारप्रसारको समय सुरु हुनेछ । चुनाव चिह्न दिएपछि आयोगले आचारसंहिता लागू गर्ने तयारी गरेको छ । २० फागुनमा राष्ट्रिय सभाका खाली हुने २० मध्ये १९ सिटका लागि ११ माघमा ९ देखि ३ बजेसम्म मतदान हुनेछ । एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । दुवै उजुरीमा दाबी नपुग्ने भन्दै सम्बन्धित निर्वाचन अधिकृतले निर्णय गरेर उम्मेदवारी कायम गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘उजुरीमाथि सम्बन्धित निर्वाचन अधिकृतले निर्णय दिनुभयो । उजुरीमा दाबी पुगेन । दाबी गर्ने प्रमाण पुगेन,’ उनले भने । यसैगरी लुम्बिनी प्रदेशमा राप्रपाबाट अन्य समूहतर्फका उम्मेदवार निरञ्जनकुमार थापाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । उजुरी परेका दुईजनाको उम्मेदवारी कायम भएको र थापाले उम्मेदवारी फिर्ता लिएपछि ५१ जनाको उम्मेदवारी कायम भएको प्रवक्ता पौडेलले जानकारी दिए ।