चिनियाँ ठेकेदारले बनाएको आयोजनाबाट उत्पादित बिजुलीमा भारतको रिजर्भसेन छ, प्रधानमन्त्री प्रचण्ड
रासंसा/काठमाण्डौ, पौष २५,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ ठेकेदारले बनाएको आयोजनाबाट उत्पादित बिजुलीमा भारतको रिजर्भसेन रहेको बताएका छन्। भारतीय विदेशमन्त्री एस जयशंकर गत साता नेपाल आएको बेला भएको सम्झौताबारे विस्तृत जानकारी गराउँदै उनले भारतले भारतीय लगानीको मात्र बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको प्रष्ट पारे। बुधवार बसेको संसदीय समितिको बैठकमा उनले सो जानकारी दिएका हुन्। आफूले ग्लोबल टेन्डरबाट चिनियाँ ठेकेदारले पाएको आयोजनबाट उत्पादित बिजुलीलाई चीनको भनिदिनु भएन भनेर भनेको पनि बताए। प्रधानमन्त्री दाहालको भारत भ्रमणको क्रममा नेपालबाट आगामी दश वर्षमा भारतले १० हजार मेगावाट बराबर विद्युत किन्ने सम्झौता भएको थियो। उनले यस विषयमा भारत सकारात्मक रहेको र समस्या समाधान हुने विश्वास समेत व्यक्त गरे।