सन् १९८९ मा अकिहितो जापानी सम्राट आजकै दिन

Share to:

एजेन्सी,

सन् १९८९ मा आजकै दिन (जनवरी ७) मा अकिहितो जापानको सम्राट् भएका थिए । आफ्ना पिता हिरोहितोको निधन भएसँगै अकिहितो जापानको १२५ औं सम्राट् बनेका थिए । अकिहिताले आफ्नो वृद्ध अवस्था र कमजोर स्वास्थ्यका कारण आवश्यक भूमिका निर्बाह गर्न कठिन भएको जनाएका थिए । जसका कारण उनलाई राजगद्दी त्याग्ने अनुमति दिइएको थियो । उनी जापानमा दुई सय दुई वर्षपछि राजगद्दी छाड्ने पहिलो राजा हुन् । त्यसअघि जापानी सम्राट् कोकाकुले १८१७ मा राजगद्दी त्यागेका थिए । १९३३ मा जन्मिएका अकिहितोले जापानमा ३० वर्ष शासन गरे । उनले स्वैच्छिक रूपमा गद्दीत्याग गरेका थिए । २०१९ को अप्रिल ३० मा जापानी राजदरबारमा आयोजित विशेष समारोहमा जनताका नाममा सम्बोधन गर्दै उनले राजकीय शक्ति सांकेतिक रूपमा जनतामा हस्तान्तरण गरेको जनाएका थिए । अकिहितोले राजगद्दी त्यागेसँगै उनका छोरा नारुहितो जापानको राजा बनेका थिए । १९६० को फेब्रुअरी २३ मा जन्मिएका नारुहितोले २०१९ को मे १ मा राज्याभिषेक गरेका हुन् ।

Like